खोटाङ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा संलग्न रहेर निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै विभिन्न व्यक्तिको घरजग्गा कब्जा गर्नेसम्मको गतिविधिमा संलग्न रहेको आरोपमा रत्न राज्यलक्ष्मी आधारभूत विद्यालय कुभिण्डेका प्रधानाध्यापक शेखर पोखरेल पक्राउ परेका हुन्।
प्रधानाध्यापक पोखरेललाई लामीडाँडा प्रहरी चौकीको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।