भक्तपुर- भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा फेला परेको बम निष्क्रिय पारिएको छ।
आइतबार राति ८ बजेतिर बस्नेतको घरबाहिरको मूलगेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुन्ड्याइएको भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए। घटनास्थल पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बम निष्क्रिय पारेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका बस्नेत पूर्वमन्त्री तथा एमालेका युवा नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।