स्याङ्जा- उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्ष्य गरी आइतबार साँझ बम विस्फोट गराइएको छ।
स्याङ्जाको भीरकोट नगरपालिका–८ को ढापुक सिमलभञ्ज्याङमा भएको चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा ढापुक फेदीको बाटोमै बम विस्फोट भएको हो।
टिनको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा रहेको बम बाटोभन्दा माथिबाट उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उपप्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीको गाडी र उपप्रधानमन्त्री श्रेष्ठको गाडीको बीचमा उक्त विस्फोट भएको कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ।
बम बिस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।