धनुषा- राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले जनकपुरधामलाई मधेस प्रदेशको राजधानी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्।
जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा आइतबार आयोजित चुनावीसभामा धनुषा ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार महतोले जनकपुर प्रदेश नम्बर २ को राजधानी बन्नुका साथै त्यहाँ मधेस सरकार पनि बन्ने बताए।
'मधेस सरकार गठन भएलगत्तै जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी स्वतः बन्नेछ', उनले भने। नेता महतोले आइतबारै जनकपुर उपमहानगरपालिका अन्तर्गत रामपुर, मुखियापटी मुसहरनिया गाउँपालिकामा भएका चुनावी सभालाई पनि सम्बोधन गरेका थिए।
सभालाई राजपाबाट धनुषा ३ प्रदेश ‘ख’ का उम्मेदवार परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।