काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले देशलाई समृद्ध बनाउन यस पटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताएका छन्।
संयुक्त वाम गठबन्धनले काठमाडौँ महानगरपालिका–९ मा आइतबार आयोजना गरेको चुनावी सभामा नेता नेपालले विगतमा जनतालाई अधिकार दिलाउन भएका राजनीतिक आन्दोलनहरुमा वाम शक्तिले ठूलो त्याग र संघर्ष गरेको बताए।
वैचारिक दृष्टिकोण नजिक रहेका विभिन्न वाम शक्तिबीच भएको गठबन्धनबाट नेपाली कांग्रेस अत्तालिएको उनले उल्लेख गरे।
'वाम गठबन्धन देश निर्माणका लागि भएको हो, हामी कांग्रेसलाई साथमा लिएर अगाडि बढ्छौं। कांग्रेस कति पनि आत्तिनुपर्दैन।'
सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमले औद्योगिक विकासबाट देशको मुहार फेर्न वाम गठबन्धन लागिपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।