सिओल- दक्षिण कोरियाको पश्चिमी तटीय समुद्रमा आइतबार बिहान ट्यांकर र माछा मार्ने डुंगा आपसमा ठोक्किएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
इन्चोएन सहर नजिकैको सामुद्रिक तटमा स्थानीय समय अनुसार बिहान ६ बजेतिर दुर्घटना भएको हो। सोलको समाचार संस्थाका अनुसार, सबै यात्रुले ‘लाइफ ज्याकेट’ लगाएको भए पनि धेरै जना चिसोले कठाङ्ग्रिएका थिए।
दुर्घटनामा दुई जना हराइरहेकाले खोजी कार्य जारी रहेको दक्षिण कोरियाली सामुद्रिक तट रक्षक सेनाले जनाएको छ। बेपत्ता हुनेमा डुंगाका प्रमुख चालक पनि रहेको जनाइएको छ।
दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।