काठमाडौं– काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन माग गर्दै काभ्रेका अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
काभ्रे सेवा समाजको अग्रसरतामा ज्ञापनपत्र बुझाइएको हो। प्रधानमन्त्री देउवाले काभ्रेलाई प्रदेश राजधानी बनाउन आफूले पहल गर्ने आश्वासन दिएका छन्।
धेरै जिल्लालाई काभ्रे पायक पर्ने र प्रदेश राजधानी बनाउँदा हरेक हिसाबले उचित हुने भएकाले आफूहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले बताए।
ज्ञापनपत्र बुझाउने क्रममा समाजका पदाधिकारी तथा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।