बैतडी- भीरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्गकी ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन्।
स्थानीय मुन्नालेक भीरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै उनको मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिए।
यसैबीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको दोभान कर्कलेमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी २५ वर्षको पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ।
उनको मुखमा दागबत्ती दिएको भेटिएकाले चमेलिया नदीको माथिल्लो क्षेत्रबाट कसैले दागबत्ती दिएर शव बगाएको हुनसक्ने प्रहरीले जनाएको छ। गहुँगोरो वर्ण भएका ती पुरुषको शव सनाखत हुन नसकेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।