काठमाडौं– नेपाली कांग्रेसले आज राजधानीको नयाँ बानेश्वरमा सभा आयोजना गरेको छ। यसका लागि उसले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग जोडिएको मुख्य सडकको आधा भागमा मञ्च निर्माण गरेको छ।
सडकमै मञ्ज आयोजना गरिएपछि सवारी आवागमनमा प्रभाव परेको छ। मञ्च बनाएर बाँकी रहेको आधा भागमा मात्रै दुईतर्फी सवारी आवागमन भइरहेको छ।
यही ठाउँमा गत मंगलबार वाम गठबन्धनले पूरै सडक कब्जा गरेर सभा आयोजना गरेको थियो।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंह र सोही क्षेत्रका प्रदेशसभाका उम्मेदवारहरु दिपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।