बारा- जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीका व्यावसायिक गाईपालक दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको हत्याबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ।
घटनाको यथार्थ पत्ता लगाउन काठमाडौंबाट सिआइबीको टोली बारा आएको बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
घरबाट करिब डेढ किलोमिटर टाढा गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पती शनिबार बिहान मृत भेटिएका थिए। शव क्षत-विक्षत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए।
३६ वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।