काठमाडौं- पाटन उच्च अदालतको फैसलापछि शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयलाई दिन लागेको पुरस्कार स्थगित भएको छ। आज शिक्षा दिवसको अवसरमा पुरस्कार दिने कार्यक्रम तय भएको थियो।
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा मन्त्रालयले उत्कृष्ट घोषित शैक्षिक संस्थालाई राष्ट्रिय एवं प्रदेश पुरस्कार वितरण कार्यक्रम राखेको थियो।
मन्त्रालयको छनोटमाथि असहमति जनाउँदै ललितपुरको प्रसादी एकेडेमीले पाटन उच्च अदातलमा रिट हालेको थियो। सो रिटमाथि सुनुवाइ गर्दै अदालतले पुरस्कार स्थगित गर्न अन्तरिम आदेश जारी गरेपछि पुरस्कार वितरण स्थगन भएको हो।
अदालतको फैसलापछि आज नेपाल प्रज्ञा प्रतिष्ठानमा तय भएको विद्यालय पुरस्कृत गरिने समारोह स्थगन गरिएको मन्त्रालयले सार्वजनिक सूचना जारी गरी जनाएको छ।
कक्षा १२ को नतिजाको आधारमा मन्त्रालयले निजीतर्फ काठमाडौं मोडेल माविलाई उत्कृष्ट विद्यालय घोषणा गरेको थियो। पुरस्कारको राशि दुई लाख राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।