काठमाडौैं– नागढुंगा चेकपोस्टमा बिस्फोटक पदार्थसहित एक युवक पक्राउ परेका छन्। सवारी साधन जाँच गर्नेक्रममा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख १०५२ नम्बरको बसमा सवार नुवाकोटको ताँदी गाउँपालिका–४ का ३१ वर्षीय रामेश्वर रिजाललाई प्रहरीले पक्राउ गरेको हो।
उनले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको बिस्फोटक पदार्थ बारूद १ सय ५४ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। बिस्फोटनकै उद्देश्यले उक्त बिस्फोटक पदार्थ ल्याइएको प्रहरीको अनुमान छ। राजधानीमै बिस्फोटका घटना बढेपछि प्रहरीले नाकाको चेकिङमा कडाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।