• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मतदाता भन्छन्- शिलान्यासलाई विकास मान्ने हो भने झापामा धेरै विकास भइसक्यो

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  १४:५६
1140x725

झापा– जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निद्रा हराउँछ। यो विगत एक दुई वर्षअघि देखिको समस्या होइन। यहाँका बासिन्दाले लामो समयदेखि नै रतुवा खोलाको उपद्रो भोग्दै आएका हुन्।

वर्षौंपिच्छे सयौंलाई विस्थापित गर्ने यस खोलामा यहाँका बासिन्दा तटबन्ध बाँधिएको हेर्न चाहन्छन्। तर, यो विषय केवल राजनीतिक नारा र नेताका भाषणमा सीमित हुँदा उनीहरु निराश छन्। रतुवा मात्र होइन, कन्काइमाई, कमल, बिरिङ, अदुवा, मेची आदि खोलाले झापाका बासिन्दालाई बर्खैपिछे सताउने गरेको छ।

सामान्य नेताको कुरै छाडौँ। प्रतिष्ठित नेताले पनि जनताको दुःखमा साथ नदिँदा उनीहरुलाई ठूलै चोट परेको कुरा चुनावअघिको आक्रोशले स्पष्ट दर्शाउँछ। 

'२०४८ सालकै चुनावताका रतुवा खोलाको ‘पाता फर्काउँछु' भन्ने नेकपा एमालेका नेता केपी शर्मा ओली पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसमेत भए तर आजसम्म यस खोलामा तटबन्ध बाँधिएको छैन। यो कस्तो विडम्बना हो, गरिब जनतामाथि,' कमल गाउँपालिका सडक छेउमा पसल गर्ने ४६ वर्षीय अनिल रसाइली आक्रोश पोख्छन्। 

उनका अनुसार एमाले मात्र होइन सबै राजनीतिक दल र नेताको व्यवहारबाट जनता वाक्क छन्। उनी थप्छन्, 'चरम बेरोजगारीका कारण कतिपय युवा लागूपदार्थको दुव्यर्सनमा फसेका छन्। नेताहरु जिल्लामा उद्योगधन्दा निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने कुरामा ध्यानै दिँदैनन्, केवल फोस्रा आश्वासन मात्र दिन्छन्।' 

स्थानीय सरस्वती गिरी भन्छिन्, 'नेताले साना कुरै गर्दैनन्। देश विकासका गुड्डी हाँक्छन् तर चुनावपछि आफ्नो गाउँको विकास बिर्सन्छन्।' 

झापाको पूर्व-पश्चिम राजमार्गको उत्तरतिरका गाउँमा थुप्रै समस्या रहेको गिरीले बताइन्। भन्छिन्, 'खै कसले हेरिदिन्छ, सुनिदिन्छ र साना मान्छेका कुरा?'

शिलान्यासलाई विकास भन्ने हो भने झापा धेरै विकसित

Ncell 2
Ncell 2
nimb
nimb

कमल गाउँपालिकाका चिया पसल सञ्चालक राजकुमार हलवाईका अनुसार शिलान्यासलाई विकास भन्ने हो भने झापा जति विकास अन्य कतै भएको छैन।

वाम र लोकतान्त्रिक गठबन्धनका साना-ठूला नेताले भोट तान्न अनेक उपाय गरेको देख्दा र सुन्दा उनी चकित छन्। हलुवाइ भन्छन्, 'चुनावको समयमा आफ्नो गाउँ र जिल्लालाई पानीपँधेरो बनाएका नेताले अरु बेला जनतालाई अँध्यारोमा राखेको अनुभूति हुन्छ।'

हात्ती धपाइदिने नेतालाई मात्र भोट

झापा चन्द्रगढी की वृद्धा वेदकुमारी घिमिरेले हात्ती धपाइदिने नेतालाई मात्र भोट दिने निर्णय गरेको सुनाइन्। 'बिहानै, बेलुकै आँगनमा हात्तीको लस्कर हिँड्छ। बिहान ६ बजेअघि घर माथिबाट झर्नै सकिन्न। कहिलेकाहीँ हारगुहार गर्दा प्रहरीले साइरन बजाएर हात्ती लखेटिदिन्छन्। तर, नेतालाई जनताका यस्ता समस्याबारे फिटिक्कै मतलब छैन,' घिमिरेले दुखेसो पोखिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जथाभावी जग्गा प्लटिङले बस्ती डुबानमा

त्यसैगरी, विर्तामोडका रामजी दाहालले पनि आफ्नो क्षेत्रका विविध समस्या जानकारी गराउँदै भने, 'ठूला नेता नै अहिले रातदिन हिँड्ने सडकको बेहाल छ। उनीहरु केवल चुनावका बेला मात्र हिँड्छन्। तर स्थानीयले वर्षभरि सास्ती खेप्नुपर्छ।'

जिल्ला होचो भूभागमा अवस्थित भएर मात्र होइन भूमाफियाले जथाभावी जग्गा प्लटिङ गर्दा बस्ती डुबानमा परेको उनको बुझाइ छ। उनले भने, 'बिरिङ, अदुवा, कन्काइमाइ, निन्दा खोलाको बाढीले वर्षैपिछे हजारौँ विस्थापित हुन्छन्, सुकुम्वासी हुन्छन्।'

झापामा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली मात्र नभई कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेसकै युवा नेता विश्वप्रकाश शर्मा, पूर्व सञ्चारमन्त्री एवं माओवादी केन्द्रका नेता राम कार्की, राप्रपाका राजेन्द्र लिङ्देन जस्ता नाम चलेका नेता चुनावी मैदानमा छन्। रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
सम्बन्धित सामग्री
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै सातै प्रदेशका डीआईजीहरूलाई प्रहरी मुख्यालय बोलाउनुका साथै प्रहरीको नीतिगत निर्णय गर्ने पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक आह्... बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) झापा प्रहरीले उनलाई पक्राउ गर्नुको साटो हतारहतार ‘फरार अभियुक्त’को सूचीमा राखेर सरकारी वकिलसमक्ष मुद्दा बुझाएको छ। बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीवार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र प... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्