काठमाडौं– हत्या गरेर फालिएका व्यक्तिको नाम नखुलेपछि प्रहरीले स्केच बनाएर सार्वजनिक गरेको छ।
बुधबार काठमाडौंको तिलगंगामा २०-२१ वर्षका युवकको शव जलेको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा हत्या गरेर जलाइएको हुन सक्ने प्रहरीले जनाएको छ।
पातलो शरीर भएका युवकको उचाइ ५ फिट ५ इन्च भएको प्रहरी अनुसन्धानले देखाएको छ। कपालमा खैरो रङ लगाएको, निलो जिन्स पाइन्ट, खरानी रङ जस्तो हुड लगाएको, मोनो ब्राभोको स्टिकर भएको कालो-रातो रङको हाफ भेस्ट लगाएको, खुट्टामा रातो रङको ४१ नम्बरको कन्भर्स जुत्ता र खरानी रङमा कालो धर्का भएको मोजा लगाएको अवस्थामा उनको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।