• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मंगलसेनको घोडा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  ०९:५७
1140x725

करिब एक हजार वर्ष पहिलेको कुरा हो, सुनकोसीको किनारमा एउटा ऐतिहासिक सभ्यता मौलाएको थियो – कमलपुर सभ्यता। 

हलेसी महादेवको कोखबाट बगेको दूधकोसी, अहिलेको दोलखा–रामेछापलाइ साँध बनाई बगेको तामाकोसी र रोसी खोलो सब मिसिएपछि सुनकोसीले एक भीमकाय स्वरुप ग्रहण गर्छ। हो, त्यही सुनकोसी आफ्नो साथमा अमूल्य मणि–माणिक्य र सुनका असर्फीहरु लिएर बग्थे। त्यसैले त त्यस कमलपुर सभ्यताको कान्ति दिन दुई गुना र रात चार गुना गर्दै संसारभर फैलिरहेको थियो। 

कमलपुर देशमा मंगलसेन नाम गरेका राजा थिए। आफ्नो युद्ध कौशल र सुशासनका लागि ती राजा दुर–दराजका देशहरुमा समेत कहलिएका थिए। भनिन्थ्यो ‘मंगलसेनको राज्यमा खान नपाएर र अन्यायमा परेर कोही मर्दैन।’ हुन पनि उनि आफ्ना प्रजालाई सदैव उच्चतम स्थानमा राख्थे। 

यसरी त्यस राज्यमा राजा प्रजा सबै मिलेर देशको गौरव चुलीमा पुर्याइरहेका थिए।

तर, राजा मंगलसेनको एउटै खोट थियो। उनी निःसन्तान थिए।  त्यस दिनको स्राप यति भयानक थियो कि आजसम्म पनि राजदरबार वर–पर कुनै वृक्षमा फल फल्दैन थियो। तबेलाको घोडा होस् या राजगोठका गाईभैंसी कोही ब्याउन सक्दैन थिए। बुढो हुन्थे र मर्थे, तर सन्तान उत्पादन गर्ने क्षमता तिनमा पटक्कै हुँदैन थियो।

‘कौटिल्या !’– आज पनि मंगलसेन कहालिँदै ब्युँझिए। 

कमलपुर राज्यमा त्यो आकाशवाणी सबैले सुनेका थिए– ‘जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ, तबसम्म राजा मंगलसेनको दरबारमा वीर्य नाश भइरहनेछ।’

***

Ncell 2
Ncell 2

कमलपुरबाट धेरै पश्चिममा अर्को सभ्यता फस्टाउँदै थियो– सिखरापुरा। अन्नपूर्ण हिमशृंखलालाई छिचोल्दै बगेको सेती अनि उस्तै अजंगको आँधीखोला जब कालीगण्डकीमा मिसिन्थे, तब सुनकोसीको महानता पनि फिका–फिका लाग्थ्यो। 

कस्यप राजा त्यस क्षेत्रमा आधिपत्य जमाएर बसेका थिए। कौटिल्यादेवी कस्यप राजाकी जेठी सुपुत्री थिइन्, जसको सुन्दरता बयान गर्न त्यस समयका कुनै पनि महापुरुषहरु असमर्थ थिए। त्यस्तो हजार सूर्यको जस्तो तेज वर्ण भएकी युवती सायदै कुनै सभ्यताले आजसम्म पैदा गरेको होला। 

कौटिल्याको सुन्दरताको चर्चा पूरै आर्य सभ्यताभरि हरेक युवकको मुक्तकण्ठबाट सुन्न पाइन्थ्यो।

कस्यप राजाका छोरा थिएनन्, मात्र दुई छोरी थिए– कौटिल्या र बिशाखा। 

***

त्यस दिन भएको भयावह घटना लाख कोसिसका बाबजुद पनि मंगलसेनले बिर्सन सकेका छैनन्। सभामा मंगलसेन आफ्ना पिता उग्रसेनका साथ उपस्थित भएका थिए। कमलपुर राज्यबाट मात्रै होइन, लगभग चौधै भुवनका अधिपतिहरु, कौटिल्यालाई आफ्नो बनाउन त्यहाँ पुगेका थिए। 

सभालाई सम्बोधन गर्दै कस्यप राजाले भने, ‘जसले यो स्वयम्बरको औंठीमा पोतिएको तीन रंगको अर्थ बताउन सक्ला, म उसैलाई आफ्नी छोरीको हात सुम्पनेछु।’ 

***

मंगलसेनले जब कौटिल्यालाई पहिलो पटक देखेका थिए, तब उनी अर्धनग्न अवस्थामा थिइन्। सभाको त्यस बिहान मंगलसेनले यस्तो कामुक दृश्य देखे, जसको परिकल्पनासमेत आजसम्म कसैले गर्न सकेका छैनन् होला।

कौटिल्या कालीगण्डकीको किनारमा शालिग्राम पुज्न गएकी थिइन्, मंगलसेन भने नयाँ राज्यमा सिकार खेल्न। उनी त्यसबेला त्यहाँ आइपुगे, जब कौटिल्या आफ्ना वस्त्र खोलेर नदीमा स्नान गर्न लागेकी थिइन्। हो, मंगलसेनले त्यसैबखत कौटिल्याका छातीमा तीन बहुरंगी धर्साहरु देखेका थिए।

दुवैका आँखा जुधे अनि नसा–नसामा प्रेमको सञ्चार भयो। उनीहरुले एक–अर्कालाई यसरी हेरिरहे, मानौं उनीहरु मिलनका निम्ति सात जुनीदेखि तड्पिरहेका छन्।

***

सभामा निकैबेर खासखुस चल्यो। ठूल्ठूला विद्वान् कहलिएकाहरुले आ–आफ्नो तर्क राखे। 

जब मंगलसेनको पालो आयो, उनले सबैले अपेक्षा गरेभन्दा फरक खाले उत्तर दिए– ‘औंठीमा पोतिएका तीन रंगको सीधा सम्बन्ध कौटिल्याको छातीमा रहेका तीन बहुरंगी धर्साहरुसँग छ।’

उनको उत्तरले सभामा सन्नाटा छायो। यसको सबैभन्दा ठूलो असर कस्यप राजालाई पर्‍यो, उनले त केवल बौद्धिकता जाँच्ने हेतुले यो प्रश्न गरेका थिए। तब त उनको क्रोधको सीमा रहेन। आफ्नो तरबार झिके अनि मंगलसेनमाथि जाइलागे। राजा उग्रसेनले पनि आफ्नो छोरालाई बचाउन हतियार लिएर कस्यप राजालाई प्रहार गर्न लागे। 

आफ्नो राजाको रक्षार्थ अंगरक्षकले बीच सभामा राजा उग्रसेनको गर्धन छिनालिदियो। 

मंगलसेनको पनि लगभग त्यही हविगत भइसकेको थियो। तर, कौटिल्या हतारिँदै आएर मंगलसेनलाई अंकमाल गरिन् अनि जीवनरक्षाका लागि याचना गरिन्। मंगलसेनको ज्यान जोगियो। तर पनि आफ्नै आँखा अगाडि आफ्ना बाबुको लास लडिरहँदा उनी कत्ति पनि कौटिल्याप्रति कृतज्ञ बन्न सकेनन्। 

कौटिल्यादेवीले रोइकराइ गरिन् अनि मंगलसेनसँग प्रेमको भीख मागिन्। तर पनि बाबुको हत्या उनका लागि कौटिल्याको विश्व सुन्दर स्वरुपभन्दा लाखौं गुणा ठूलो चोट थियो। 
मंगलसेनले बाबुको छुट्टिएको शिर र धड उठाए अनि कौटिल्यालाई थु–थु गर्दै त्यस सभाबाट बाहिरिए।

***

कौटिल्याले आफ्नो चोखो प्रेम मंगलसेनलाई दिइसकेकी थिइन्। त्यसैले त्यस घटनापश्चात् उनी आजीवन ब्रह्मचर्यमा रहने कठोर निर्णयमा पुगिन्। 

यता मंगलसेन आफ्ना पिताका उत्तराधिकारीका रुपमा कमलपुर राज्यका नयाँ राजा बनेर नयाँ रानी भित्र्याए। तर, कौटिल्याको स्नेहले भने उनलाई हरपल हरक्षण पोलिरहन्थ्यो।

त्यसमाथि कौटिल्याको ब्रह्मचर्यको असर यति भयावह भयो, एकदिन कमलपुर राज्यमा आकाशवाणी भयो– ‘जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ, तबसम्म राजा मंगलसेनको दरबारमा वीर्य नाश भइरहनेछ।’

***

एकदिन राजाले हठात् निर्णय लिए– ‘म कौटिल्याको ब्रह्मचर्य डगाएरै छाड्छु...।’

राजा मंगलसेन भीषण युद्धको तयारीमा जुटे। उनको जीवनमा अब एउटै मात्र लक्ष्य बाँकी रह्यो, शिखरापुरा राज्य हत्याएर आफ्नो पिताको हत्याको बदला लिने अनि कौटिल्याको चीरहरण गरी उसको ब्रह्मचर्य नष्ट गर्ने। 

महिनौं लामो अभ्यासमा आफैं संलग्न भई मंगलसेनले एउटा अजंगको फौज तयार पारे अनि आवश्यक युद्ध सामग्रीसहित पश्चिम पहाडतिर हानिए।

***

जति–जति पाइला पश्चिमतर्फ लम्कँदै थियो, उनलाई त्यति–त्यति कौटिल्याको यादले सताउँदै जान थाल्यो। उसको मृगमरिची नयन, कलकलाउँदो केश अनि मस्त कसिएको बदन सम्झँदै मंगलसेनका शरीर काप्न थाल्थ्यो।

हिउँ जस्तै कञ्चन सेती नदी जब काली न काली गण्डकीसँग मिसिन्थिन्, त्यहाँ अद्भूत कलाको जन्म हुन्थ्यो। अपत्यारिलो रंगको सिर्जना हुन्थ्यो। 

हो, त्यही संगम स्थल नजिकै डरलाग्दो हुलियाका एक साधु प्रकट भए। साधुले सारा फौजलाई रोके अनि राजासँग केही भलाकुसारी गर्न लागे। 

उनी भन्दै थिए, ‘कौटिल्याले आफ्नो ब्रह्मचर्यको तपस्यामा के पनि वर मागेकी  छिन् भने उनीसँग सहवास गर्नेको तत्काल मृत्यु होस्।’

अब भने राजा हतास देखिए। सारा योजना विफल भएको साथै सम्पूर्ण कमलपुर सभ्यताकै नाश हुने भयले निकै अधैर्य भई जमिनमा घोप्टो परेर रुन थाले।

राजाको यस्तो अवस्था देखेर साधुको मनमा करुणा पलायो। उनले राजालाई सम्झाउँदै भन्न लागे, ‘म तिम्रो घोडामा कामवासना भरिदिन्छु, जसका प्रभावले कौटिल्या त्यस घोडाप्रति मोहित हुनेछे र त्यस स्त्रीको ब्रह्मचर्य पनि यसै घोडाले तोड्नेछ।’ 

राजा अवाक् भए, तर आफ्नो सभ्यताको रक्षार्थ उनीसँग अर्को विकल्प पनि त थिएन। त्यसैले साधुका कुरामा मौन स्वीकृति जनाए। हेर्दाहेर्दै घोडामा अनौठो किसिमको कान्ति प्रज्वलित भयो। साधु फेरि विलीन भए, राजा अवाक् नै रहिरहे।

***

गोप्य योजना अनुरुप राजा घोडा व्यापारीको भेषमा कौटिल्याकहाँ जाने सहमति बन्यो। दरबार बाहिर पुगेपछि सिपाहीले उनलाई रोक्यो अनि सोधपुछ गर्न लाग्यो। तर, मंगलसेन कलाकारितामा निपुण थिए, त्यसैले सिपाहीले उनलाई चिन्नै सकेन।

योजना अनुरुप नै उनले रानीका लागि तिलस्मी घोडा उपहार ल्याएको कुरा दरबारसम्म पुर्‍याए।  

कस्यप राजाको मृत्यु भइसकेको थियो। कौटिल्या उनको उत्तराधिकारीका रुपमा राज्य चलाउँथिन्। मंगलसेनले दिउँसो कौटिल्यादेवीसँग दर्शनभेट गर्ने समय पाए।

जब घोडासहित मंगलसेन कौटिल्याका सामु उपस्थित भए, दुवैका नजर टक्क अडिए। उस्तै सुन्दर र शालीन मुहारमा मंगलसेन पुनः एक पटक मन्त्रमुग्ध भए। कौटिल्याको आँखामा पनि उस्तै भाव देखेर उनलाई रानीले आफूलाई चिनेको भान भयो। 

तर, कौटिल्या त घोडाप्रति आकर्षित भएकी थिइन्। उनमा त्यस्तै भावना जागृत भयो, जस्तो धेरै वर्षअघि गण्डकीको किनारमा मंगलसेनलाई देख्दा भएको थियो।

कौटिल्याले तुरुन्त घोडा किन्ने सहमति जनाइन् अनि आफ्नो खोपीभित्र पसेर सानो बालक झैं रुन थालिन्। आज कौटिल्यालाई मंगलसेनको यादले एकदमै सताउन थाल्यो। किनकिन ऊ आफ्नो निकै नजिक छ कि भन्ने भान रानीलाई भइरहेको थियो। उनलाई रातभर निद्रा परेन। कहिले उनलाई मंगलसेनको यादले व्याकुल बनाउँथ्यो त कहिले घोडासँगको सामीप्यले प्रफुल्लित!

***

कौटिल्या सबेरै तबेलामा पुगिन्, जहाँ राजा मंगलसेन घोडा व्यापारीको भेषमा आफ्नो घोडालाई स्याहार्दै थिए। कौटिल्यालाई त्यहाँ देखेर राजा झस्किए। उनी आफ्नो परिचय नखुलोस् भन्ने कुरामा पूर्ण सचेत थिए। तर, कौटिल्याले चिन्ने त परको कुरा, उनलाई वास्ता समेत नगरी सीधै तबेलाभित्र पसिन्। कौटिल्याका आँखा पूरै सम्मोहित देखिन्थ्यो।

मंगलसेन एकछिन त पहरेदार जस्तो बाहिरै प्रतीक्षा गरिरहे। तर, उनको धैर्यको बाँध धेरै समय अडिन सकेन। कौटिल्या पूरै निर्वस्त्र भइसकेकी थिइन्। राजा अन्तरआत्मादेखि नै कौटिल्यालाई मन पराउँथे। त्यसैले ऊ आफू बाहेक अरु कसैको नहोस् भन्ने चाहना उनीभित्र थियो। 

कौटिल्याको त्यो अवस्था देख्दा राजालाई असह्य भयो। उनले हठात् आफ्नो तरबार निकालेर एकै प्रहारमा घोडाको शिर धडबाट अलग गरिदिए। तब मात्र कौटिल्या होशमा फर्किए झैं झसंग भइन्। 

त्यसपछि भने राजाले आफ्नो नक्कली दाह्री–जुँगा झिकेर आफ्नो असली परिचय दिए।

धेरै वर्षको प्रतिक्षापछि जब यी दुईको भेट भयो, तब दुवैले आफ्नो आँसु थाम्न सकेनन्। भावविह्वल हुँदै एक अर्काको आलिंगनमा बाँधिए। कौटिल्याको ब्रह्मचर्य त्यसै तबेलामा भंग भयो, तर साधुको योजना अनुरुप घोडाबाट होइन।

राजा मंगलसेन एकैछिनमा हिक्कहिक्क गर्दै रगत ओकल्न थाले। कौटिल्याले यसको रहस्य बुझिन् अनि मंगलसेनको तरबार झिकी आफ्नो प्राण समाप्त गरिन्। 
दुई प्रेमी सदा–सदाका लागि अमर रहे।

***

मंगलसेन रहेनन् त के भयो, उनको राज्यमा उसैगरी फल फल्न थाले अनि जनावर वृद्धि हुन थाले।

कालान्तरमा राजा मंगलसेनको सम्झनामा पश्चिम पहाडमा दरबार बनाइयो अनि अझै पनि पूर्वी भूभागमा कौटिल्यादेवीको निकै सत्कार र सम्मानसहित सम्झना हुने गरेको छ ।

***

भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला। यो कथा बैकुण्ठ जाला!

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्