काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ब्रुमरको माध्यमबाट सडक सफा गर्न सुरु गरेको छ।
केही समयअघि सडक कुचोले बढार्ने र पानीले पखाल्ने गर्दै आएको महानगरले बिहीबारदेखि ब्रुमरको माध्ययमबाट सडक सफा गर्ने काम सुरु गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।
सडक विभागसँगको सहकार्यमा महानगरले सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडकमा ब्रुमर लगाएको छ। करिब ५ सय किलो मसिनो धुलो संकलन गर्ने क्षमता भएको उक्त ब्रुमरले नियमित रुपमा महानगरका सडकमा सफा गर्नेछ।
बिहानको समयमा ब्रुमरले धुलो सफा गर्ने छ भने रातिको समयमा जेट मेसिनबाट सफा गरिने कामपाले जनाएको छ। हाल कामपासँग धुलो उठाउनका लागि एक वटा मात्र ब्रुमर छ। अन्य ५ वटा ब्रुमर ल्याउनका लागि कामपाले बोलपत्र आह्वान गरिसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।