• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अवधी लोककथा : शास्त्रार्थ

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  ०८:०२
1140x725

कुनै गाउँमा एउटा बाहुनको परिवार बस्दथ्यो। त्यस परिवारमा दुई भाइ थिए। ठूलो (दाजु) चाहिँ पढे–लेखेकाले पण्डित्याइँ गर्थे, तर सानो भाइ (कान्छो) को पढ्न–लेख्नमा ध्यान जाँदैनथ्यो। त्यसकारण उसले घाँस काटेर गाईको दाना–भूस–सानी–पानी गर्नुपर्थ्यो।

कान्छो भाइलाई छोटकऊ महाराज र दाइलाई चाहिँ बडकऊ महाराज भनिन्थ्यो । बडकऊ महाराज महान् ज्ञानी–ध्यानी थिए। बडकऊ महाराज उपलब्ध भएसम्म कुनै अर्को महाराजलाई पण्डित्याइँ गर्न जजमानहरूले बोलाउँदैनथे। नुहाई–धोई पूजापाठ गरेर बडकऊ महाराज जजमानी गर्न निस्किन्थे। बेलुका मात्र घर फर्कन्थे। कहिलेकाहीँ अबेला भए जजमानकहाँ नै रात बिताउँथे। दुई भाइ दुई किसिमको काम गर्थे, तर आपसमा कहिल्यै पनि गालीगलौज र झगडा गरागर भएको थिएन। गाउँमा झगडा हुँदा पनि मध्यस्थकर्ताहरूले झगडियाबीच सम्झौता गराउँदा दुवै भाइलाई राम–लक्ष्मणको जोडीका रुपमा प्रस्तुत गरेर शान्त पार्थे।

छोटकऊ महाराज घाँस काट्न गएका बेला अरु घाँस काट्नेहरू पनि उनकै पछिपछि लाग्थे। छोटकऊ महाराज राम्रो नाच्ने–गाउने गर्थे। उनी गीत गाउँदै घाँस काट्ने गर्थे र मन तरंगित हुँदा हातमा खुर्पा समाती नाच्न सुरु गर्न पनि बेर लगाउँदैनथे। अन्य घाँसीहरू ‘वाह महाराज, वाह महाराज क्या राम्रो’ भनेर ताली बजाउने गर्थे। 

एक दिन छोटकऊ महाराज खेतमा नाचिरहेका थिए, एउटा सफेडा मण्डली (नाट्य मण्डली)को आँखा उनीमाथि पर्‍यो। नाट्य मण्डलीका मानिसहरूले उनका नजिक गएर भने, ‘तपाईं एकदमै राम्रो नाच्ने–गाउने गर्नु हुँदोरहेछ। हाम्रो नृत्य मण्डलीमा भर्ना हुनुहोस्। जब कहीँ अनुबन्ध गरिन्छ, त्यसबेला आउनुहोला। बाँडफाँट गर्दा जति तपाईंको भागमा पर्छ, त्यति पाउनुहुन्छ।’

महाराज सफेडामा भर्ती भए। सामान्य कद, गहुँगोरो रंग, लामालामा कपाल, दा¥हीजुँगा केही पनि नभएका हेर्दा क्यालेन्डरमा तस्बिर छापिएका देवताझैं लाग्थे र जुन बेला उनी मञ्चमा नाच्न सुरु गर्थे, लाग्थ्यो मयुर नाचिरहेको छ। उनी घाँस काट्नुका साथै सफेडाको काम पनि गर्न थाले। छोटकऊ महाराजको नाच हेर्न टाढा–टाढाबाट पनि मानिसहरू आउन थाले। दिन राम्ररी बित्न थाल्यो।

एकदिन बडकऊ महाराजलाई टाढाको गाउँबाट निम्तो आयो। महाराजलाई जानुपर्‍यो। मित्र र शत्रु सबैका हुन्छन्। बडकऊ महाराजको पनि एक जना शत्रु जन्मिसकेको थियो। महाराज जजमानकहाँ पुग्दा त्यहाँ उनले एउटा ठूलो भुँडी भएको मान्छे कपाल मुडाएर नाकदेखि आधी टाउकोसम्म सेतो र पहेँलो रंगको त्रिपुण्ड लगाएर बसेको देखे। बडकऊ महाराजले उनीसँग सोधे, ‘जजमान कहाँ गए? मलाई किन बोलाएका हुन्?’

त्रिपुण्डी महाराजले भने, ‘यहाँ जजमान–सजमान कोही छैन। तिमीलाई मैले नै बोलाएको हुँ।’

‘किन बोलाउनुभयो महाराज? मबाट केही गल्ती भयो कि?’, बडकऊ महाराजले सोधे। ‘होइन, तिमीबाट कुनै गल्ती भएको छैन, तर तिम्रो नाम अति नै फैलिएको छ। अब तिमीले मसँग शास्त्रार्थ गर्नुपर्छ’, त्रिपुण्डी महाराजले हाँसेर भने। त्यसपछि थपे, ‘यदि मैले जितेँ भने तिम्रो लुगाफाटो, पोथीपात्रो सबै म लिन्छु, यदि तिमीले जित्यौ भने मेरो सबै जायजेथा तिम्रो हुन्छ। यही शास्त्रार्थको शर्त हो।’

nimb
nimb
Ncell 2
Ncell 2

दिनभरि बडकऊ महाराज झाडीहरूमा लुकेर बस्थे र रातमा हिँड्थे। त्यसो गर्दागर्दै बल्ला तेस्रो दिन बिहानीपख उनी घर पुगे र छोटकऊ महाराजलाई बोलाए। छोटकऊ महाराजले ढोका खोलेर हेर्छन् त बडकऊ महाराज उभिएका छन्, तर हुलिया एकदमै परिवर्तित छ।

‘तर म शास्त्रार्थ गर्न चाहन्नँ’, बडकऊ महाराजले खिन्न भएर भने।

‘ठीक छ, त्यसो हो भने हार मान्नुस्। जेजे तपाईंसँग छ, मलाई दिनुस् र लिनुस् यो लगौटी लगाएर आफ्नो घर जानुस्’, त्रिपुण्डी महाराजले हाँसेर भने।

बडकऊ महाराजले सोचे– हार मान्नुभन्दा त शास्त्रार्थ गर्नु नै ठीक छ। उनले भने, ‘ठीक छ, तपाईंको सर्त मन्जुर छ। तर शास्त्रार्थ कहिले हुन्छ र हारजितको निर्णय कसले गर्छ?’

‘शास्त्रार्थ भोलि बिहान १० बजे हुन्छ। हारजितको निर्णय गाउँका मुखियाले गर्नेछन्। उनका साथै गाउँका अरु ठूलाठालुहरू पनि हुनेछन्। भलामानिसहरूले निर्णय गर्नेछन्। आज राति मेरो पाहुना भएर बस्नुस्, बिहान देखा जाला’, त्रिपुण्डी महाराजले भने।

त्रिपुण्डी महाराजले बिहानै यो खबर गाउँमा फिँजाए। १० बजे शास्त्रार्थ हुने भयो। सबै शास्त्रार्थ सुन्न मन्दिरको सामुन्नेका चौरमा आउने भए।

१० बजेभन्दा पहिले नै मानिसहरू आउन थाले। मन्दिरको सामुन्नेको चौरमा हेर्दाहेर्दै सबै एकत्रित भए। मुखियाजी पनि आए, उनका साथमा केही भलादमीहरू पनि आए। चौर खचाखच भरिएको थियो। लाग्थ्यो मेला लागेको छ।

त्रिपुण्डी महाराजले आफ्नो हात उठाएर जोडले भने, ‘मुखियाजी, भाइहरू, युवा, वृद्ध तथा बालबालिकाहरू सबै सुन्नुस्। अब म शास्त्रार्थको प्रश्न गर्न गइरहेको छु। निर्णय तपाईंहरूले गर्नुहोला। ल त महाराज’, बडकऊतिर हेरेर त्रिपुण्डी महाराजले सोधे, ‘भन्नुस्, वेद कतिवटा हुन्छन्?’

बडकऊ महाराजले हाँसेर भने, ‘यति पनि थाहा छैन? वेद चारवटा हुन्छन्– सामवेद, अथर्ववेद, ऋग्वेद र यजुर्वेद।’

‘यिनले पनि त्यही भनिरहेका छन्, जुन अरु पण्डितहरूले भन्छन्। यिनलाई के पनि थाहा रहेनछ भने बिनालोग्ने स्वास्नीको र बिनास्वास्नी लोग्नेको जीवन अपूरो हुन्छ। जब चार वेद छन् भने उनीहरूको चार वटी श्रीमती पनि छन् होला। चार वेदको चारवटा वेदी अर्थात् वेद आठ हुन्छन्। ठीक छ होइन, भाइहरू?’

‘हो अरु के? आठ वेद त हुन्छन् नै। जहाँ वेद हुन्छन्, त्यहाँ वेदी त अवश्य नै हुन्छन्’, मुखियाजीका साथै अरुहरूले पनि भन्न थाले, ‘भला तपाईंसँग यिनी कसरी जित्न सक्छन्? यिनलाई त केही थाहा नै रहेनछ। तपाईंले जित्नुभो, महाराज जित्नुभो।’

बडकऊ महाराजले सोचे– यहाँ साँचो कुरा सुन्ने कोही छैन। मैले सपनामा पनि सोचेको थिइनँ कि यसप्रकारको पनि शास्त्रार्थ हुन्छ भनेर।

‘लिनुस् लगौटी (कोपिन) लगाउनुस् र पात्रो–पोथी छाडेर भाग्नुस्’, एउटा भीमकाय शरीर भएको मानिसले बडकऊ महाराजलाई लगौटी दिँदै भन्यो।

कुर्ताधोती खोसिएपछि लगौटी लगाएका बडकऊ महाराजले सोचे– दिउँसो नांगै हिँड्नु ठीक छैन। रात पर्ला अनि हिँडूँला। त्यसो गर्दा परिचितको आँखा ममाथि पर्न पाउँदैन। 

दिनभरि बडकऊ महाराज झाडीहरूमा लुकेर बस्थे र रातमा हिँड्थे। त्यसो गर्दागर्दै बल्ला तेस्रो दिन बिहानीपख उनी घर पुगे र छोटकऊ महाराजलाई बोलाए। छोटकऊ महाराजले ढोका खोलेर हेर्छन् त बडकऊ महाराज उभिएका छन्, तर हुलिया एकदमै परिवर्तित छ। कहाँ धोतीकुर्ता र मयलपोस र कहाँ मात्र एउटा कोपिन (लगौटी)! के दुःख पर्‍यो दाइमाथि?

मनमनै गन्थन गर्दै सोधे, ‘दाइ, यो के भयो? लुगाफाटो के भयो? के बाटोमा चोर–डाँकाहरूसँग त भेट भएन? पोथीपात्रोको झोला पनि देखिँदैन। अम्खोरा र डोरी पनि छैन।’

‘यसो गर, घरभित्रबाट मेरो धोती र मयलपोस लिएर आऊ। बाल्टिन र अम्खोरा पनि लिएर आऊ। म नुहाईधोई गरेर मानिस जस्तो होऊँ, अनि बताउँछु। हेर्नु, मेरो बारेमा आइमाईहरूलाई थाहा नहोस्, नत्र थरीथरीका प्रश्न गर्छन्।’

नुहाईधोई पूजापाठ गरेर महाराज जब चौकीमा बसे अनि छोटकऊ महाराजलाई सारा वृत्तान्त सुनाए। छोटकऊ महाराजले हाँसेर भने, ‘दाइ, तपाईं आराम गर्नुहोस्। त्रिपुण्डी महाराजसित शास्त्रार्थ गर्न म जान्छु र कस्तो शास्त्रार्थ गर्नेछु भने उनी जीवनभर याद गर्नेछन्। अब म तयारी गर्न जान्छु।’

उनले गाउँभरिका च्यातिएका लुगाफाटो, बोरा, तार, कागज, टपरी, किला आदि दुई बोरामा भरेर पुस्तक जस्तो बनाई एउटा गधामाथि लादे। टाउकाको चारैतिरको कपाल कटाएर खूब मोटो टुप्पी बनाए। त्यसपछि सुरुवालमा हाल्ने इँजारको जनै र नाकदेखि टुप्पीसम्म सेतो र पहेंलो श्रीखण्डको एकदमै गहिरो त्रिपुण्ड लगाएर हिँडे। सफेडामा काम गर्नेहरू त स्वाङ पार्न एकदमै सिपालु हुन्छन्। उनलाई देख्ने कुनै पनि व्यक्तिले यी छोटकऊ महाराज हुन् भनेर भन्न सक्दैनथ्यो।

रातभर हिँडेर त्रिपुण्डी महाराज गाउँको मुखियाको घर सोध्दै बिहान त्यहाँ पुगे। मुखियाजी त्यति ठूलो पण्डितलाई देखेर अत्यन्त नै हर्षित भए र भने, ‘मेरो धन्य भाग्य महाराज, दर्शन दिनुभयो, आसन ग्रहण गर्नुहोस्।’ अनि छोटकऊ महाराजको सेवामा जुटिहाले। कसैलाई भने जा बाल्टी भरेर ल्याइहाल महाराजले स्नान गर्नुहुन्छ। कसैलाई हलुवा बनाउन लगाए, कसैलाई दूध उमालेर ल्याउन र ठूलो चौकीमाथि महाराजको आसन लगाउन लगाए। छोटकऊ महाराज मनमनै सोचिरहेका थिए– यो विधामा पनि अत्यन्त नै मजा छ। खूब खानपिन गर्न पाइन्छ। मुखियाजीले छोटकऊ महाराजतिर हेर्दै भने, ‘महाराज, हजुरले हाम्रा त्रिपुण्डी महाराजसँग अवश्य नै शास्त्रार्थ गर्नुहोस्। मलाई विश्वास छ, हजुर उहाँभन्दा कम ज्ञानी हुनुहुन्न। तपाईं पनि धेरै पढेलेखेको हुनुहुन्छ।’

छोटकऊ महाराजले भने, ‘हो, हो ठीक छ। ज्ञानी को छ यो त शास्त्रार्थ भएपछि नै थाहा हुन्छ, तर म पनि पढेलेखेको छु। हेर्नुहोस् न, एक भारी पोथीहरू त गधामा लादेर हिँड्छु। थाहै हुँदैन कुन पोथी कहिले बाँच्नुपर्छ, सीधा बनारसबाट आइरहेको छु।’

सधैं त्रिपुण्डी महाराजले सबैलाई शास्त्रार्थ गर्न बोलाउँथे, आज मुखियाजीले आफैं चौकीदारलाई बोलाएर भने, ‘जा गाउँभरि सबैलाई भनिदे। बनारसबाट एक जना एकदमै ठूलो ज्ञानी महाराज आउनुभएको छ। आज १० बजे उनीसित त्रिपुण्डी महाराजको शास्त्रार्थ हुन्छ। सुन्, त्रिपुण्डी महाराजलाई पनि के भनिदिनु भने १० बजे मन्दिरको चौरमा जसरी भए पनि आइपुगून्।’

मन्दिर सामुन्नेको चौर १० नबज्दै मानिसहरूले भरिन थाल्यो। हेर्दाहेर्दै मैदान खचाखच भरियो। त्रिपुण्डी महाराज पनि आए, तर गधाले बोकेका पोथी देखेर डराए। सोच्न थाले, कतै मलाई पनि हराउने त होइन? शास्त्रार्थ नगरौं भने हार मान्नुपर्छ (लगौटी–कोपिन) लगाउनुपर्छ। 

मुखियाजी खडा बभएर बोल्न थाले, ‘हेर्नुहोस् भाइबहिनीहरू, वृद्धवृद्धाहरू, बालबालिकाहरू सबै सुन्नुहोस्। हाम्रा त्रिपुण्डी महाराजसँग आजसम्म कुनै पण्डित शास्त्रार्थमा जितेर जानुभएको छैन। आज टक्कर बनारसका महाराजसँग छ। यी महाराज पनि धेरै पढेलेखेका छन्। जहाँ जान्छन्, एक गधा पोथी लिएर जान्छन्। तर, हुन सक्छ यिनी पनि हारिहालून्।अब शास्त्रार्थ सुरु गरौं। लौ त, त्रिपुण्डी महाराज शास्त्रार्थ गर्नुहोस्।’

छोटकऊ महाराजले उभिएर भने, ‘शास्त्रार्थ गर्नमा मेरो कुनै विरोध छैन, तर शास्त्रार्थ सुरु गर्नुभन्दा पहिले सर्तनामा लेखिनु जरुरी छ। त्यो सर्तनामामा कुन कुरा खोलियोस् भने यदि त्रिपुण्डी महाराजले जिते भने उनले मेरो गधाले बोकेको पोथी लिऊन् र उनले जे भनून् त्यो मैले र तपाईंहरूले मान्नुपर्छ। तर, यदि कतै मैले जितेँ भने उनको घर, मालसामान, जायजेथा सबै मेरो होओस् र मैले जे भन्छु, त्यो उनले र तपाईंहरूले मान्नुपर्छ।’

लेखापढीको काम सिद्धियो। दुवै महाराजले सहीछाप पनि गरे। जब प्रश्न गर्ने कुरा उठ्यो तब छोटकऊ महाराजले त्रिपुण्डी महाराजलाई प्रश्न सोध्ने मौका भेट्टाए, ‘वेद कति वटा हुन्छन्?’ त्रिपुण्डी महाराजले भने, ‘वेद आठवटा हुन्छन्।’

‘त्यो कसरी? राम्ररी बुझाएर भन्नुहोस्’, छोटकऊ महाराजले जोरसित भने।

‘चार वेद र चार वेदका श्रीमतीहरू मिलेर आठ हुन्छ, चाहे आफैं गन्ती गरिहाल्नुहोस्’, त्रिपुण्डी महाराजले उत्तर दिए।

‘हो, यो तपाईंको हिसाबले होला, तर शास्त्रको हिसाबले त धेरै हुन्छन्’, छोटकऊ महाराजले त्यति भनेर मुखियाजीतिर हेर्न थाले।

‘कसरी मुखिया काका? यी महाराजले त धेरै भनिरहेका छन्। के त्रिपुण्डी महाराजले हामीलाई मूर्ख बनाइरहेका थिए त?’ एउटा गाउँलेले मुखियाजीसँग बिस्तारै सोध्यो। 

‘भाइहरू, यो भन्नुहोस् । तपाईंहरूले बिहे गर्नुभएको छ कि छैन?’ छोटकऊ महाराजले सबैतिर घुमेर सोधे।

‘हो, मेरो त बिहे भएको छ, छोराछोरी पनि छन्’, मुखियाजीले नै सबैभन्दा पहिले भन्न पुगे।

‘हो, म यही भन्न चाहन्छु। बिहे भएपछि लोग्ने–स्वास्नी हुन्छन्, त्यसपछि छोराछोरी हुन्छन् नै। सामवेदको श्रीमती सामवेदी। उनले पाइन् एक लेदा एक लेदी अर्थात् एक छोरा एक छोरी। याद गरिराख्नुहोस्, चार भयो। अथर्ववेदकी वेदीले पाइन्, एक लेदा एक लेदी, आठ भयो। यर्जुवेदकी वेदीले पनि पाइन् एक लेदा एक लेदी, बाह्र भयो। त्यही किसिमले अन्तिम वेद–वेदीले पनि पाए एक लेदा एक लेदी। सोह्र भयो कि भएन?’

‘भयो, भयो’, चारैतिरबाट आवाज आयो, ‘त्रिपुण्डी महाराज हारे। त्रिपुण्डी महाराज उफ्रँदै छोटकऊ महाराजको खुट्टामा लम्पसार परेर भने, ‘मेरो जिन्दगी अब तपाईंको हातमा छ, सबैथोक गर्नुहोस्, तर लगौटी नलगाइदिनुहोला।’

छोटकऊ महाराजले उनको कुरामा कुनै ध्यान नदिएर जोरसँग बोले, ‘सुन्नुहोस्’, औंलामा केही हिसाब गरेर भने, ‘यस किसिमको योग (साइत) धेरै वर्षपछि आउँछ। शास्त्रको योगले के भनिरहेको छ भने त्रिपुण्डी महाराजको शरीरको रौं, जहाँको भए पनि एउटा केश भए पनि ताबीजमा राखेर साँझसम्म बालबालिकाहरूलाई लगाइएमा उनीहरूलाई भूतप्रेत, टुनामुना, आपतविपत केहीको असर पर्दैन । जीवनभर झारफुक गराउनुपर्दैन।’

हेर्दाहेर्दै सबैले त्रिपुण्डी महाराजलाई लडाएर उनको दारी, जुँगा, कपालको रौं सबै उखेले। जुन व्यक्तिहरू अबेला आइपुगे, उनीहरूले त्रिपुण्डी महाराजलाई नांगै पारेर जसले जहाँ पाए त्यहींका रौं उखेलेर हिँडे। 

छोटकऊ महाराज त्रिपुण्डी महाराजको सबै मालसामान, लत्ताकपडा, भाँडाकुँडा जे–जे थियो, सबै मुखियाजीको गोरुगाडामा लदाएर हिँड्ने तयारी गर्दै थिए। त्यस बेला मुखियाजीले हात जोडेर भने, ‘महाराज, आजको रात सेवा गर्ने मौका मलाई दिनुहोस्। तपाईंजस्तो ज्ञानी ध्यानी महात्मा कहाँ मिल्छन्? मेरो जन्म सफल पारिदिनुहोस्।’

‘मुखियाजी, चिनाजानी भएपछि आउनुजानु त हुन्छ नै। तर, भोलि दिउँसोसम्ममा मलाई घर पुग्न एकदमै जरुरी छ, नत्र अनिष्ट भइहाल्छ। रातिको अनुष्ठान बिग्रेर जान्छ’, छोटकऊ महाराजले त्यसो भने। उनी मनमनै सोचिरहेका थिए– घर पुगेँ भने बेलुका सफेडामा हाजिर पनि हुन सक्छु।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्