• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यवसायी चन्द्र ढकालका दाजुभाइद्वारा प्रक्रिया पूरा नगरी विद्यालयको नाम परिवर्तन, राष्ट्रपतिले गरिन् भवन हस्तान्तरण

64x64
उत्तम काप्री सोमबार, वैशाख २३, २०७६  २१:०४
1140x725

काठमाडौं- बागलुङ नगरपालिका वडा नम्बर १२ मा रहेको पृथ्वी माध्यमिक विद्यालयको नाम प्रक्रिया नै पुरा नगरी परिर्वतन भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको अमलाचौरमा रहेको विद्यालयमा भवन निर्माण गरी आफ्नो बुबाको नाम विद्यालयको नाममा जोडेका हुन्। ढकाल दाजुभाइले निर्माण गरेको विद्यालयको सो भवन राष्ट्रपति विद्या भण्डारीले सोमबार विद्यालयलाई हस्तान्तरण गरेकी छन्। 

ढकाल र उनका भाइ हेमराज ढकालले १४ कोठाको २ तले भवनको निर्माण गरी विद्यालयको नाम नै परिवर्तन गरेर बुबाको नाममा विद्यालयको नामकारण गरेका हुन्।

ढकाल परिवारले ५ करोड २८ लाख रुपैयाँको लागतमा आधुनिक भवन निर्माण गरेपनि विद्यालय व्यवस्थापन र नगरपालिकाको नगरसभाले कानुनी प्रक्रियानै पुरा नगरी विद्यालयको नाम बुबा स्वर्गीय हिरण्यप्रसाद ढकालको नामबाट नामकरण गरेका हुन्। 

नगरसभाले विद्यालयको नाम पृथ्वी हिरण्य माध्यामिक विद्यालय बनाउने गरी निर्णय गरेपछि विद्यालयको नाम परिर्वतन भएको विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चापागाईले जनाकारी दिए। ‘विद्यालयको नाम परिर्वतन करिब ५ महिना अगाडि नै भएको हो,' उनले भने, ‘आज वैशाख २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भवन हस्तान्तरण भएको हो।’

तर, विद्यालयको नाम परिर्वतनको अधिकार विद्यालय व्यवस्थापन समिति र नगरपालिकालाई मात्रै नरहेको शिक्षा मन्त्रालयको भनाइ छ। शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले पृथ्वी माध्यमिक विद्यालयको नाम परिर्वतनका लागि मन्त्रालयमा कुनै सिफारिस नआएको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयको माध्यमिक शिक्षा शाखाका अनुसार पनि विद्यालयको नाम परिर्वतनका लागि मन्त्रालयको सिफारिस आवश्यक पर्छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) जको आधारभूत र माध्यमिक शिक्षा अन्तर्गतको ८ मा विद्यालयको नामकरण अधिकार दिएपनि पहिले नै स्थापना भएको विद्यायलको नाम परिर्वतनका लागि शिक्षा नियमावली २०५४ को दफा १५४ (६) अनुसार प्रक्रिया पुराएर गर्नु पर्ने मन्त्रालयका सह-सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ एउटा ऐन मात्रै हो। ऐन कार्यान्वयनका लागि नियमावली नबनिसकेको अवस्थमा शिक्षा नियमावली अनुसार नै हुने पर्ने मन्त्रालयको भनाइ छ।

तर, बागलुङ नगरपालिका वडा नम्बर १२ मा रहेको पृथ्वी माध्यमिक विद्यालयको नाम परिर्वतनका लागि कुनै सिफारिस नआएको मन्त्रालयको भनाइ छ। स्थानीय सरकारले नाम परिर्वतन गर्न चाहेपनि सिफारिस मन्त्रालयमा आउने पर्ने मन्त्रालयको भनाइ छ।

तर, बागलुङ नगरपालिकका मेयर जनक पौडेलले आफूहरूले कानुनी रुपमा नै विद्यालयको नाम संशोधन गरेको बताउँछन्।

Xtrem

Xtrem

‘कक्षा १ देखि १२ कक्षासम्मको माध्यमिक शिक्षाको सम्पूर्ण अधिकार संविधानले स्थानीय तहलाई नै दिएको छ,’पौडेलले भने, ‘केन्द्रीय तथा प्रदेश सरकारलाई सोध्नु पनि पर्दैन। केन्द्रीय तथा प्रदेश सरकारले पनि कुनै हस्तक्षेप गर्न पाउँदैनन्।’

तर, विद्यालयमा लगानी गरेको हिसाबमा नाम परिर्वतन गर्न पाउने कानुनी अधिकारको विषयमा छलफल आवश्यक रहेको उनको भनाइ छ। ‘विद्यालयको नाम परिर्वतन गर्दै जाने हो भने कुनै दिन उद्योगी व्यवसायीकै नामका देशभर विद्यालय नामकरण पनि हुनसक्ने अवस्था आउँछ,' पौडेलले भने, ‘पृथ्वी माध्यमिक विद्यालयको नाम हामीले कानुन बनाएर परिर्वतन गरेका हौं।’

'शिक्षा नियमावली २०५९' ले दिएका केही अधिकार प्रयोग गरी विद्यालयको नाम परिर्वतन गरेको बताउने पौडेल 'स्थानीय सञ्चालन ऐन'का आधारमा नाम परिर्वतन गर्ने अधिकार दिएको दाबी गर्छन्।

के छ कानुनी व्यवस्था?
'शिक्षा नियमावली २०५९' को दफा १५४ मा विद्यालयको नामकरण तथा नाम परिवर्तनका विषयमा उल्लेख छ।

(१) समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न सकिनेछ।

(२) नयाँ खोलिने विद्यालयको नामाकरण आफ्नो नामबाट गर्न चाहने व्यक्तिले देहाय बमोजिमको रकम वा घर वा जग्गा विद्यालयलाई सहयोग गरेमा सो विद्यालयको नामाकरण त्यस्तो सहयोग गर्ने व्यक्तिको नामबाट गर्न सकिनेछ।

(क) माध्यमिक विद्यालयको लागि दश लाख रूपैयाँ वा सो बराबरको घर वा जग्गा, 
(ख) निम्न माध्यमिक विद्यालयको लागि सात लाख रूपैयाँ वा सो बराबरको घर वा जग्गा, 
(ग) प्राथमिक विद्यालयको लागि पाँच लाख रूपैयाँ वा सो बराबरको घर वा जग्गा। 

(३) पहिल्यै नामाकरण भईसकेको विद्यालयको नामसँग जोडेर विद्यालयको नामाकरण गर्न चाहने व्यक्तिले उपनियम (२) बमोजिमको रकम वा घर वा जग्गा विद्यालयलाई सहयोग गर्नु पर्नेछ। 

(४) एउटै परिवार वा छुट्टाछुट्टै परिवारका एकभन्दा वढी व्यक्तिले उपनियम (२) बमोजिमको रकम वा घर वा जग्गा विद्यालयलाई प्रदान गरेमा त्यस्ता व्यक्तिहरूको निर्णयबाट बढीमा दुईजनासम्मको नामबाट विद्यालयको नामाकरण गर्न र अन्य व्यक्तिको नाम विद्यालयमा देखिने गरी राख्न सकिनेछ।

(५) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्ति, स्मारक वा ऐतिहासिक चीजवस्तुको नामबाट विद्यालयको नामाकरण भएको विद्यालयलाई कसैले यस नियम बमोजिम रकम वा घर वा जग्गा सहयोग गरेपनि त्यस्तो विद्यालयको नामाकरण परिवर्तन गरिने छैन। तर त्यस्तो विद्यालयलाई कुनै व्यक्तिले कक्षा कोठा थप गर्न, पुस्तकालय भवन वा छात्रावास निर्माण गर्न रकम सहयोग गरेमा त्यस्तो कोठा वा भवनमा सो रकम प्रदान गर्ने व्यक्तिको नामाकरण गर्न सकिनेछ।

(६) यस नियम बमोजिम विद्यालयको नामाकरण व्यवस्थापन समिति, गाउँ विकास समिति वा नगरपालिका र जिल्ला शिक्षा समितिको सिफारिशमा मन्त्रालयले गर्नेछ।

यसैगरी, स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ (२) मा आधारभूत र माध्यमिक शिक्षाअन्तर्गतको ८ मा विद्यालयको नामकरण अधिकार स्थानीय तहलाई हुने भनिएको छ।

तर, स्थानीय तहलाई विद्यालयको नाम परिर्वतन गर्नसक्ने अधिकार दिएपनि रिफारिस भने मन्त्रालयबाटै हुनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भनाइ छ।

कानुनले दिएको अधिकारभित्र रहेर लगानी गरेको हिसाबमै विद्यालयको नाम परिर्वतन गर्दै जाने हो भने देशभर विद्यालयको नाम व्यक्तिको नाममा पुग्ने मन्त्रालयको भनाइ छ।

सबै तस्बिर : रासस

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्