कोलम्बो- श्रीलंकामा शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको छ।
बुधबार राति रुख ढलेर उनीहरुको मृत्यु भएको थियो। आँधीका कारण एक दर्जनभन्दा बढी घाइते भएका छन् भने केही व्यक्ति हराइरहेका छन्। घाइतेहरुको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको छ।
आँधीले सडक छेउका सयौं रुख ढालेको छ भने घरहरु पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ। आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सबै विद्यालय बन्द गरिएको छ।
सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।