• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सकियो 'फोरम' पहिचान

64x64
किशोर दहाल सोमबार, वैशाख २३, २०७६  २२:१४
1140x725

काठमाडौं– पहिलो मधेस आन्दोलनपछि मधेसलाई चिनाउने नयाँ शब्द सुरु भयो- फोरम। हेपेर होस् या डराएर; राजनीतिले कोल्टे फेरेको महसुस गरेर नै किन नहोस्, धेरैले मधेसीलाई जनाउन 'फोरम' शब्द प्रयोग गरे। कारण एउटै थियो, राज्यलाई नै झुकाउन सफल मधेस विद्रोहलाई 'मधेसी जनअधिकार फोरम'ले नेतृत्व गरेको थियो।

२०६३ माघ १ देखि जारी भएको अन्तरिम संविधानलाई माघ २ मै फोरमको नेतृत्वमा जलाइएको थियो। त्यो पनि मधेसमा होइन, काठमाडौंकै माइतीघरमा। सोही कारण फोरम अध्यक्ष उपेन्द्र यादव लगायतका २८ जना गिरफ्तारीमा परे। उनीहरुलाई मुद्दा चलाउने प्रक्रिया सुरु भयो। त्यसको प्रतिक्रिया मधेसमा देखियो। त्यसलाई साम्य पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई पटक राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो।

प्रधानमन्त्रीले नेपाललाई संघीय मुलुक बनाउने, मधेसमा जनसंख्याको आधारमा निर्वाचन सिट बढाउने तथा नागरिकता प्रमाण-पत्र वितरण गरिने बताए। ‘संघीय राज्य प्रणाली र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विषयहरुमा अविलम्ब अन्तरिम संविधानमा संशोधन गरी आवश्यक व्यवस्था मिलाइने छ,' तत्कालीन प्रधानमन्त्री कोइरालाले ०६४ माघ २४ गते गरेको दोस्रो सम्बोधनमा भनिएको छ।

संघीय प्रणालीप्रति विमुख भइसकेका दलहरुलाई त्यही आन्दोलनले बाटो देखायो।

तत्कालका लागि स्थगित भएको मधेस आन्दोलन पुन: ब्युँतियो। फोरमले एउटा आन्दोलनकारीको छवि बनायो। ०६४ भदौ १३ गतेको २२ बुँदे सहमति होस् वा सोही वर्षको फागुन १६ को आठ बुँदे सहमति, मधेसले राज्यलाई बदलिँदो मधेस स्वीकार गर्न बाध्य तुल्यायो। ती कति पर्याप्त भए वा भएनन्, बहसको अर्को पाटो होला। तर, मधेस अब नेपाली राजनीतिमा यथार्थ भयो। आन्दोलनको नेतृत्व गरेको थियो, फोरमले। फोरमको नेतृत्व गरेका थिए, उपेन्द्र यादवले।

यसरी सुरुताका फोरम विद्रोह र आन्दोलनको बिम्ब थियो। अन्तरिम संविधान जलाउनेदेखि संविधान अस्वीकार र पछिल्लो मधेस आन्दोलनसम्म उसको छवि उस्तै रह्यो। यस्तो दल, जो भारतीय नाकाबन्दीको सारथीसमेत बन्यो।

यसबीच, एनजिओ रहेको फोरम राजनीतिक पार्टीमा बदलियो।

०६४ चैत २८ गते सम्पन्न संविधानसभाको चुनावमा फोरमले ५२ सिट जित्यो। समग्रमा चौथो र मधेसको पहिलो शक्ति बन्यो। ०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा भने १० सिटमा खुम्चियो। ०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा ऊ १६ सिटमा फैलियो। राष्ट्रियसभामा २ सिट प्राप्त गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले पनि मधेसको वकालत नगरेका होइनन्, फोरमसँग मिलेर आन्दोलन नगरेका पनि होइनन्, तर मधेसी भनेकै फोरम भन्ने छाप कम भएन।

फोरमका लागि चुनावी नतिजा कहिले सुखद् रह्यो, कहिले दु:खद्। सत्ताका यात्रा कहिले छोटा र कहिले लामा भए। तर, राजनीतिमा उसको चर्चा कम भएन।

यसबीच फोरममा धेरै जोडिए, धेरैले छाडेर गए। धेरै शक्तिहीनहरु यस चौतारोमा आए, शक्ति आर्जन गरेर गए।

०६३ को विद्रोहपछि कांग्रेसका विजय गच्छदार तथा जेपी गुप्ताहरु फोरम प्रवेश गरे। यद्यपि, गुप्ता भने पहिल्यै पनि फोरम प्रवेश गरेर बाहिरिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा जाने विषयलाई लिएर फोरमले फुट व्यहोर्‍यो। गच्छदारले २८ सदस्य लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी बनाए। पछि उनले विभिन्न पार्टीसँग एकता पनि गरे। अन्ततः ०७४ सालमा पार्टीलाई कांग्रेसमा मिलाए।

त्यसपछि गठन भएको झलनाथ खनालको सरकार गठनले पार्टी पुन फुट्यो। सो सरकारमा सहभागी हुने विषयमा ‘नोट अफ डिसेन्ट’ लेखेका जेपी गुप्ताले ०६८ जेठमा १३ सभासद्का साथ मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरे।

झलनाथ खनालपछि गठन भएको बाबुराम भट्टराई नेतृत्वको सरकारमा भने गुप्ता आफैं पनि सहभागी भए। मन्त्री रहेकै अवस्थामा गुप्ता भ्रष्टाचार मुद्दामा जेल परे।

गुप्ताले गराएको विभाजन फोरमको दोस्रो ठूलो विभाजन थियो। यद्यपि, त्यस्ता विभाजन उसले धेरै पटक व्यहोरीसकेको थियो। ०६४ मा भाग्यनाथ गुप्ता र किशोर विश्वासले मधेसी जनअधिकार फोरम (मधेस) गठन गरेका थिए। ०६५ सालमा अमर यादवले मधेस तराई फोरम गठन गरेका थिए। यादवले आफ्नो पार्टीलाई केही दिनअघि मात्रै नेकपामा विलय गराइसकेका छन्।

फुटेर जाने अधिकांशले पुच्छरमा अन्य जेसुकै नाम राखे पनि ‘मधेसी जनअधिकार फोरम’ लेख्न छाड्दैनथे। तर, ०७२ जेठ ३२ पछि भने स्वयं ‘मधेसी जनअधिकार फोरम, नेपाल’ले नै त्यो नाम छाडिदियो।

०७२ जेठ ३२ मा संघीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीसँग गरिएको एकतापछि उसको नाम ‘संघीय समाजवादी फोरम’ बन्यो।

फोरमप्रतिको मोह कायमै रहेको देखिन्थ्यो।

सोमबार नयाँ शक्ति नेपालसँगको एकतापछि भने उसले आफ्नो पुरानो नामको सबै अंश त्याग गरेको छ। ०५४ मा एनजिओको रुपमा गठन गरिएको 'मधेसी जनअधिकार फोरम' अनेक हन्डर र ठक्कर खाँदै अब 'समाजवादी पार्टी, नेपाल' बनेको छ।

यादवले २०५४ सालमा फोरम गठन गर्दा यो अन्तरपार्टी सञ्जाल जस्तो थियो। त्यसैमार्फत मधेसका विविध समस्याहरुमाथि विमर्श गर्दै समाधानका सूत्रहरुमाथि विमर्श गरिन्थ्यो। मधेसका धेरै बुद्धिजीवी र एक्टिभिस्टहरु संस्थामा संगठित भएका थिए।

कालान्तरमा फोरमले क्षेत्रीय राजनीति गर्‍यो। 'मधेसवाद' बाट डोहोरिएको पनि देखियो। तर, ०७२ जेठको एकीकरणले भने उसलाई केही हदसम्म फैलायो। क्षेत्रीयताबाट माथि उठेको स्पष्ट संकेत पनि दियो।

नयाँ शक्तिसँगको एकतापछि भने उसलाई देशभर फैलाउनेछ। एनजिओमार्फत मधेसका समस्यामाथि छलफल गर्ने शक्तिले अब देशका नवीनत समस्यालाई कसरी बहस गराउँछ र समाधान सूत्र खोज्छ, प्रतीक्षाको विषय रहनेछ।

सम्बन्धित समाचार
उपेन्द्र यादव : अन्तरिम संविधान जलाएपछि सधैं चर्चामा

समाजवादी पार्टीको पदाधिकारीमा कोको?

एउटा पसल थापिहालौं, थोत्रो माल बेचिहालौं भनेर एकीकरण गरिएको होइन : बाबुराम भट्टराई

विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव

बाबुराम र उपेन्द्रको समाजवादी पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

प्रदेशको संख्या बढाएर '१० प्लस १' पुर्‍याउन बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले दबाब दिने

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्यो 'समाजवादी पार्टी नेपाल'

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्