काठमाडौं– सरकारले आगामी पौष १० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको दिन डिसेम्बर २५ तारिकामा सरकारले नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको जानकारी गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।