काठमाडौं– निर्वाचन आयोगले ललितपुर जिल्लाका विभिन्न स्थानमा राखिएको निर्वाचन प्रचारप्रसार सामाग्री हटाउन निर्देशन दिएको छ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अवलोकनको क्रममा निर्वाचन आयुक्त सुधीरकुमार साहको टोलीले आचारसंहिता विपरितका निर्वाचन प्रचार सामाग्री हटाउन चुनावमा खटिएका आयोगका कर्मचारीलाई निर्देशन दिएको हो।
आयोगले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा अनुगमन गरिरहको जानकारी दिँदै आयुक्त साहले उच्च सतर्कताका साथ चनाखो भएर शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिए।
अवलोकनका क्रममा आयुक्त शाहले निर्वाचनको अवस्था र दलीय गतिविधिको बिषयमा चासो राखेका थिए।
अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जिल्लाको शान्ति सुरक्षाको अवस्था, मतदान सामाग्रीको व्यवस्थापन लगायतका बिषयमा आयुक्तसहितको टोलीलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।