गाईघाट, उदयपुर- बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।
उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताए। अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको उनको भनाइ छ।
बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरी एम्बुस विस्फोट भएको थियो। घटनामा कार्कीसहित ७ जनाको घाइते भएका थिए। घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।