लहान- प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन्।
प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन्। आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ।
कलेजले आफुखुसी बिना विज्ञापन शिक्षक भर्ना, त्रिवि नियमविपरीत मनोमानी ढंगले शुल्क वृद्धि, विषयगत शिक्षक नराखेको विद्यार्थीले आरोप लगाएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।