कैलाली- कैलाली क्षेत्र नम्बर २ 'ख' का वाम गठबन्धनका उम्मेदवार रतन थापाको जिपमा अज्ञात समूहले आगजनी गरेको छ।
लम्की चुहा नगरपालिकास्थित घरमा राखिएको बा १६ च ६८९९ नम्बरको जिपमा आज बिहान साढे २ बजेतिर आगजनी भएको हो। आगजनीबाट जिप पूर्ण रुपमा नष्ट भएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।