• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भिजिट भिसामा कुवेत पुगेकी सविता भन्छिन्- घर न घाटको भएँ

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  ०७:११
1140x725

प्रतीकात्मक तस्बिर


काठमाडौं– सविता दर्जीको बिहे १९ वर्षमा भयो। एक वर्षपछि डिभोर्स। 

कास्की घर भएकी उनी श्रीमान्‌सँग छुट्टिएपछि ५ वर्षसम्म माइतीमै बसिन्। आर्थिक अवस्थासमेत सन्तोषजनक नभएपछि विदेश जाने योजना बनाइन्।

उनलाई भिजिट भिसामा कुवेत जाँदा अन्य युरोपियन मुलुकमा जान सकिने पिआर पाइने, राम्रो काम र कमाइ हुने प्रलोभन पनि देखाइयो। एजेन्टको विश्वासमा परेकी उनी भिजिट भिसामै २०७५ फागुन १० गते कुवेत उडिन्।

'कुवेतमा एक जनाले रिसिभ गरेका थिए। केही दिन त एउटै कोठामा राखे,' उनी भन्छिन्, '१५ दिनजति बसेपछि काम नमिलेको भन्दै साउदी पुर्‍याए।' 

उनका अनुसार ४० हजार मासिक कमाइ हुने र खानेबस्ने सुविधा भएको कम्पनीका लागि एजेन्टले कुरा गरेका थिए। उनलाई  सुपरमार्केटमा सेल्स गर्लको रुपमा साउदी लगियो।

तर, त्यसो भएन। ६ जनाको परिवार भएको घरमा काम गर्न लगाइयो। 'कपडा धुने, भाँडा माझ्ने, सरसफाइ गर्ने लगायतका काम १८ घन्टासम्म गर्नुपर्थ्यो,' उनी सुँकसुँकाउँदै भन्छिन्, 'तर तलब दिइएन र मानवलाई जस्तो व्यवहार पनि गरिएन।' 

घरेलु कामदारका रुपमा कार्यरत रहँदा घरको मालिकले जे भने पनि मान्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘मालिकले जबरजस्ती यौन शोषण गर्न खोज्ने, भनेको नमान्दा कुटपिट गर्ने भएपछि साउदीमा बस्नै सकिनँ,’ काठमाडौंमा भेटिएकी सविताले भनिन्।

मालिकले दुर्व्यवहार, बिनातलब काम लगायतक समस्या देखाउँदै उद्धार गर्न उनले साउदीस्थित नेपाली दूतावासमा खबर गरिन्।

उनकै उजुरीका आधारमा दूतावासले गत चैत २० मा सवितालाई नेपाल पठायो। 

नेपाल फर्किएपछि उनले कुवेतको भिजिट भिसामा साउदी पुर्‍याउने व्यक्तिलाई फोन गरिन्। तर, लागेन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजकुमार अधिकारी नाम बताउने व्यक्तिले उनलाई कुवेतको भिजिट साउदीमा घरेलु कामदारका रुपमा पुर्‍याएको उनको भनाइ छ। ‘उसको फोन अफ छ, अब कसरी भेटिएला र?' सविता भन्छिन्, 'आफूले राम्रोसँग चिनेको पनि होइन। राम्रो काम हुन्छ भनेपछि विश्वास गरेर पैसा बुझाइयो। अहिले यसरी फसेँ।'

कुवेत जान सविताले सुरुमा १ लाख ८० हजार र पछि ५० हजार गरेर २ लाख ३० हजार बुझाएकी थिइन्।

दु:ख गरेर जुटाएको मोटो रकम त बालुवामा पानी भयो नै, शारीरिक शोषण खेपेर फर्किनुपरेको पीडा उनीसँग छ।

‘माइतमा बिना काम कति बस्नु भनेर दिक्दार लागेर हिँडेको, ऋणमाथि यातना थपेर फर्किएँ,’ सविताले रुन्चे स्वरमा भनिन्, 'घरको न घाटको भएँ।'
  
एउटा काम भनेर अर्कै काममा पुर्‍याइएकी सविता एक प्रतिनिधि पात्र मात्रै हुन्। 

यसरी एउटा देश र काम भनेर अर्कैमा पुग्ने घरेलु कामदारको संख्या बढिरहेको छ।

साउदीस्थित नेपाली दूतावासले अप्रिलमा मात्रै भिजिट भिसामा कुवेत भन्दै साउदीमा घरेलु कामदारका रुपमा पुर्‍याइएका ३ जना महिलालाई उद्धार गरी नेपाल फर्काएको छ।

उनीहरुलाई विभिन्न व्यक्तिले कुवेतको भिजिट भिसा बनाएर कुवेतकै बाटो हुँदै साउदी पुर्‍याएको दूतावासले जनाएको छ। 

उनीहरुको पीडा पनि सविताको जस्तै थियो- मालिकले जबरजस्ती गर्ने र  तलब नदिने। २०७५ चैत २० गतेसम्म सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी उनीहरुलाई नेपाल फर्काइएको दूतावासको भनाइ छ।

झुक्याएर घरेलु कामदार
चैतमा मात्रै वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगीतर्फका ७६ वटा उजुरी परेका छन्। चालु आर्थिक वर्षदेखि चैतसम्म व्यक्तिगत तर्फका ५ सय ८९ उजुरी परेको विभागले जानकारी दिएको छ। 

पछिल्लो समय कम्पनीको काम देखाएर महिलालाई घरेलु कामदारका रुपमा पुर्‍याउने गरेका उजुरी बढ्न थालेको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन्। राम्रो कामको प्रलोभनमा परी विचारै नगरी नेपाली कामदार विदेश जाँदा समस्यामा पर्ने उनको भनाइ छ। 

खाडी लगायत केही मुलुकमा घरेलु कामदारका रुपमा जाने नेपाली कामदार धेरै समस्यामा पर्ने गरेको भन्दै सरकारले २०७३ चैत २२ गतेदेखि घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएको थियो। बहराइन, कुवेत, ओमान, साउदी, कतार, युएई लगायत मुलुकमा नेपाली घरेलु कामदारका रुपमा जान पाउँदैनन्।

सरकारले वैधानिक बाटोमार्फत घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै अवैधानिक भारतको बाटो हुँदै  महिलालाई घरेलु कामदारका रुपमा पुर्‍याउने घटना बढ्न थालेका छन्। 

सरकारले नियमन गर्न नसक्दा एजेन्टले झुक्याएर घरेलु कामदारका रुपमा पठाउने क्रम भने रोकिएको छैन।

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्