काठमाडौं- चुनाव प्रचारमा जाँदा एम्बुसमा परी गम्भीर घाइते भएका उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीको अवस्था खतरामुक्त रहेको छ।
कार्कीसहित विस्फोटमा घाइते सात जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर घाइते अवस्थाका कार्की, जिप चालक राजन कार्की र मिरा कटुवाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ। तीनै जनाको अपरेसनपछि विशेषरुपमा उपचार चलिरहेको छ।
कार्की र गाडी चालकलाई अपरेसनपछि खुट्टामा स्टिल लगाइएको छ भने उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवालको बायाँ खुट्टा घुँडामुनि काट्नुपरेको अस्पतालले जनाएको छ।
उम्मेदवार कार्कीको हात-खुट्टा र मुखमा चोट लागेको थियो।
बुधबार बिहान उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसी भन्ने ठाउँमा कार्की सवार जिप एम्बुस विस्फोटमा पर्दा नौ जना घाइते भएका थिए। तीमध्ये सात जनालाई दिउँसो उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।