• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

शिक्षकबाट बलात्कृत बालिकाको मुद्दा दर्ता भएको एक वर्षपछि पहिलो सुनुवाइ

64x64
नेपाल लाइभ बुधबार, मंसिर १३, २०७४  १७:४३
1140x725

काठमाडौं– आफ्नै शिक्षकबाट बलात्कृत मुस्ताङकी १२ वर्षीया बालिकाको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले एक वर्षपछि सुनुवाइ गरेको छ।

सो मुद्दामा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीसहित पाँच जनाको इजलासले कारण देखाऊ आदेश समेत जारी गरेको छ। बलात्कृत भएको घटना प्रहरीमा जाहेरी दिँदा हदम्याद नाघेको भन्दै अस्वीकार गरेकोमा त्यसरी जाहेरी किन नलिएको भन्दै कारण देखाऊ आदेश जारी गरिएको हो।  

एक वर्षसम्म पटकपटक बलात्कृत बालिकाले शिक्षक सरुवा भएर गएपछि मात्र घटना सार्वजनिक गरेकी थिइन्। उक्त अवधि पुग्दा उनको उजुरी दर्ता गर्ने हदम्याद समाप्त भएको भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। 

बालिकाको बलात्कारजस्तो मुद्दामा हदम्यादभित्र उजुरी नदिएको भनी ०७३ मंसिर १२ गते जुरी नेपालको तर्फबाट अधिवक्ता शशि बस्नेतले रिट दर्ता गराएकी थिइन्। रिट दर्ता भए पनि समयमा संवैधानिक इजलास गठन नहुँदा बलात्कार जस्तो संवेदनशील विषयमा सुनुवाइ हुन सकेको थिएन।

मुलुकी ऐनमा जबर्जस्ती करणीको ११ नम्बरमा ६ महिनाभित्र उजुरी गर्नुपर्ने प्रावधान रहेको तर हदम्याद नाघेर आएको भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको ६ महिना गुज्रिएकाले २०७३ असोजमा जिल्ला प्रहरी कार्यालय जोमसोम मुस्ताङले जाहेरी अस्वीकार गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बालिकालाई यौन रोग र अन्य समस्या भएर उपचारका लागि लैजाँदा बलात्कारको घटना सार्वजनिक भएको थियो। उपचारका क्रममा डाक्टरले अभिभावकलाई बालिकाले पटकपटक असुरक्षित यौन सम्पर्क गरेको देखिएको बताएपछि बालिकाले घटनाबारे सबै खुलाएकी थिइन्।

शिक्षकको दबाबका कारण लुकाउँदै आएको उक्त घटना थाहा पाएलगत्तै अभिभावकहरु प्रहरी कार्यालय पुगेका थिए। तर, प्रहरीले मुलुकी ऐनको व्यवस्था देखाउँदै जाहेरी दर्ता नहुने भन्दै फर्काएको थियो।

अधिवक्ता बस्नेतको रिट निवेदनमा मुलुकी ऐन जबर्जस्ती करणीको ११ नम्बरको हदम्याद सम्बन्धी प्रावधानका कारण बलात्कृत बालिकाले अन्याय भोग्नुपरेकाले उक्त व्यवस्थाको पुनःव्याख्या हुनुपर्ने जिकिर गरिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्ताखाले गम्भीर अपराधमा समेत हदम्यादको बहाना बनाई उजुरी नलिनु न्यायमा पहुँच पुर्‍याउने राज्यकै दायित्व विपरीत भएकाले सो प्रावधानको व्याख्यात्मक पुनरावलोकन गरिनुपर्ने रिटमा भनिएको छ। 

नेपाल प्रहरीमा दर्ता भएका जबर्जस्ती करणीबाट पीडित बालबालिकाको संख्या ७ सय ४३ छ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विराटनगरका लागि लोकेश बमले बनाए अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्