काठमाडौं- पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा पुर्याइएको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार २ हजार ९ सय १७ मतदानस्थलका सबै मतपेटिका आज बिहान सवा ११ बजे सम्बन्धित जिल्ला सदरमुकाममा पुर्याउने काम सम्पन्न भएको हो। डोल्पाका शे–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदान स्थलका मतपेटिकाहरु आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएका हुन्।
दोस्रो चरणमा मंसिर २१ मा हुने निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य एकसाथ सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।