एजेन्सी- तपाईं हामी कति मूल्यका झोलाको प्रयोग गर्दछौं? जो कोहीको जवाफ हुन सक्छ सामान्यतया १ हजारदेखि १० हजारसम्म। तर सेलिब्रिटीहरूले बोक्ने झोलाको मूल्य हाम्रो अनुमानभन्दा निकै बढी हुन सक्छ।
यसको उदाहरणको रुपमा लिन सकिन्छ बलिउड अभिनेत्री दीपिका पादुकोण। शनिबार दीपिका न्यूयोर्कको यात्रामा निस्किइन्।
उनी बाँया हातमा २ लाख ६७ हजार भारतीय रुपयाँ बराबारको झोला बोकेर न्यूयोर्कमा हुन लागेको ‘मेट गाला-२०१९’ इभेन्टका लागि एयरपोर्टमा देखिएकी थिइन्।
उनले बोकेको उक्त झोलाको नेपाली मूल्य ४ लाख २७ हजार २ सय पर्न आउँछ।

‘मेट गाला इभेन्ट’ हरेक वर्ष अमेरिकाको न्यूयोर्कमा आयोजना हुने फेसन शो हो। यस वर्ष उक्त शो मे ६ बाट आयोजना हुँदैछ।
कार्यक्रममा दीपिका ‘गेस्ट’का रूपमा त्यसतर्फ गएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ।
कार्यक्रममा विश्वका चर्चित सेलिब्रिटी उपस्थित हुने गरेका छन्।
यसअघि दीपिका ‘मेट गाला २०१८’मा नेपाली ड्रेस डिजाइनर प्रबल गुरुङले तयार गरेको रातो गाउनमा प्रस्तुत भएकी थिइन्। उक्त गाउनको चौतर्फी चर्चा भएको थियो।
उक्त गाउनको चर्चा चुलिएपनि चिल्लो हेयर स्टाइलका कारण उनले चौतर्फी आलोचना पनि खेप्नु परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।