काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताएका छन्।
संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले अहिले मुलुकमा भएका विकास कार्यलाई तीव्र रुपमा अगाडि बढाएर नेपाललाई विश्व परिवेशमा सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम शक्तिलाई बहुमत प्रदान गर्न आग्रह गरे।
देशमा लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले वाम गठबन्धन भएपछि अत्तालिएर अब अधिनायकवादको उदय हुने भ्रम फैलाएको उनको भनाइ थियो। संसद्मा बलियो प्रतिपक्ष दलसहित वाम गठबन्धनले सरकार बनाउन चाहेकाले एकतन्त्रीय शासन सम्भव नरहेको उनले प्रस्ट पारे।
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता नेपालले साँखुका ऐतिहासिक स्थल, शालीनदी, बज्रयोगिनी, मणिचुर पर्वत लगातका स्थानमा पर्यटकीय पूर्वाधार विकास गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।