काठमाडौं– फिल्म ‘भूइँफूल’को निर्माण घोषणा भएको छ।
आइतबार काठमाडौंको बागबजारस्थित एक क्याफेमा पत्रकार सम्मेलन गर्दै यूनिटले फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो।
निमार्ण यूनिटकाअनुसार फिल्म द्वन्द्वकालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका तथा दलित समुदायमा हुने उतारचढाव र उनीहरूलाई राज्यले गरेको विभेदमाथि केन्द्रित हुनेछ।
नेत्र छन्त्यालको लेखन तथा निर्देशन रहने फिल्ममा सरिता राईको लगानी रहनेछ।
फिल्ममा गाविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दर्नाल, चन्दा राईलगायतका कलाकार रहने छन्।
गणेश सुवेदीको शब्द तथा रमेश खड्काको संगीत रहने फिल्मलाई रामेश्वार हुमागाईंले खिच्नेछन् भने कलाकार गोविन्दकै नृत्य निर्देशन रहनेछ।
निर्माण यूनिटका अनुसार फिल्मलाई धरान, झापा, काठमाडौं लगायतका स्थानमा छायांकन गरिने छ।
भुमेथान फिल्म प्रोडकसन प्रालिको ब्यानरमा बन्न लागेको फिल्म बैसाख २५ गतेबाट छायांकनका लागि फ्लोरमा लैजाने निर्माण यूनिटको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।