नेपालगन्ज– भारतका विभिन्न स्थानमा अलपत्र परेका चार नेपाली बालबालिकालाई उद्धार गरी आज नेपालगन्ज ल्याइएको छ।
भारतस्थित नेपाली दूतावास र विभिन्न संघ संस्थाको सहयोगमा उनीहरुलाई दिल्ली, उडिसा, चण्डिगढलगायत स्थानबाट उद्धार गरिएको हो।
माइती नेपालको अगुवाइमा सर्लाही जिल्लाका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम्तेल, रोल्पाका १४ वर्षीय ऐते विक र १२ वर्षीय हेमन्त विकलाई भारतबाट उद्धार गरी नेपालगन्ज ल्याइएको हो।
उद्धार गरिएका बालबालिका मजदूरीका लागि भारत जाने गरेका स्थानीयहरुको लहलहैमा त्यहाँ पुगेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।