काठमाडौं- चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस आज बिहान त्रिशूली नदीमा खसेको हो। ट्रकसँग ठोक्किएपछि बस त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा ९ जना घाइते भएका छन्। मृतकको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।