खुल्न छाडे सरकारी वेबसाइट, कार्यसम्पादनमा समस्या

नेपाल लाइभ | २०७६ बैशाख २२ आइतबार | Sunday, May 05, 2019 १३:४५:०० मा प्रकाशित

काठमाडाैं- सरकारी अनलाइन वेबसाइटहरुमा समस्या आएको छ। आइतबार सबै सरकारी वेबसाइटहरु खुल्न छाडेपछि दैनिक कामकाजमा समस्या देखिएको छ।

सरकारी कामकाजका लागि दैनिक प्रयोगमा आउने वेबसाइटहरुमा नै समस्या देखिएको सेवाग्राहीसमेत मर्कामा परेका छन्। भन्सार कार्यालय, कर कार्यालयहरु, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, श्रम कार्यालयलगायत सेवाग्राहीकाे बढी उपस्थिति रहने कार्यालयमा कार्यसम्पादनमा समस्या निम्तिएकाे छ। यसले सेवाग्राही मर्कामा परेका हुन्।

आइतबार बिहानैदेखि डट जिओभी, डट एनपी भएका सबै वेबसाइटहरु खुल्न छाडेका छन्।