इलाम- सूर्योदय नगरपालिकास्थित हर्कटेमा रहेको दुग्ध उद्योगमा आज बिहान आगलागी भएको छ।
आगो नियन्त्रणका लागि फिक्कलबाट दमकल लगिएको थियो। सम्पूर्ण विवरण आइनसके पनि आगलागीबाट करिब ७० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
१० वर्षका लागि जग्गा लिजमा लिएर सो सो उद्योग खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले सञ्चालन गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।