काठमाडौं– बंगलादेशको ढाकास्थित नेपाली दुतावासले बाढिपीडितका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
दुतावासमा कार्यरत कर्मचारीले उक्त रकम जम्मा गरेर विहिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्त्रण गरे। उनीहरुले ५ लाख १३ हजार ३ सय ३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेका छन्। ढाकास्थित नेपाली राजदुत डा.चोपलाल भुषालको सक्रियतामा उक्त रकम जम्मा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।