जुवा, दक्षिण सुडान- दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण बस्तीमा भएको सशस्त्र भिडन्तमा कम्तीमा ४० जनाको मृत्यु भएको छ।
जोङलाईको सूचना मन्त्रालयका अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दुकधारी लडाकुले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका हुन्।
उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।