काठमाडौं– आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा अन्नतः अदालतमा हाजिर हुँदै धरौटीमा छुटेका छन्।
यसअघि शर्मा विशेष अदालतलाई अटेर गर्दै बसेका थिए। तर, कर फछ्र्यौट आयोगका अन्य दुई सदस्य धरौटीमा धुनामा गएपछि शर्मा मंगलबार विशेष अदालतमा हाजिर भएका हुन्।
विशेषले शर्मासँग थुनछेक बहसपछि एक करोड धरौटी मागेको थियो। उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि धरौटीमा रिहा भएका हुन्।
न्यायाधिसहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले धरौटी माग्ने आदेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।