राजविराज- नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजविराज–कुनौली सडकखण्ड अन्तर्गत रञ्जीतपुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार नेकपाका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरिएको छ।
उनीहरुको साथबाट बम पड्काउने अत्याधुनिक रिमोट कन्ट्रोलका साथै करिब पाँच लिटरको प्रेसरकुकरमा बम फेला परेको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी उनीहरुले विस्फोटन गराउने योजना रहेको हुन सक्ने प्रहरीको आशंका छ।
पक्राउ परेका अभियुक्तलाई नियन्त्रमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।