भद्रपुर- कृषि राज्यमन्त्री सरिता प्रसाईँले जनप्रतिनिधिलाई स्थानीय तहमा महिलामैत्री वातावरण सिर्जना गर्न सुझाव दिएकी छिन्।
संवाद समूह झापाको संयोजनमा आज बिर्तामोडमा भएको छलफल कार्यक्रममा राज्यमन्त्री प्रसाईंले निर्वाचनबाट स्थानीय तहमा भएको महिलाको प्रतिनिधित्वलाई उपलब्धिका रुपमा लिनुपर्ने बताइन्।
उनले महिलामाथि गरिने सबै खाले हिंसा र विभेदको अन्त्य गर्दै स्थानीय तहको विकासनिर्माणमा महिलालाई समान रुपमा सहभागी गराउन जनप्रतिनिधिलाई आग्रह गरे।
छलफलको सहजीकरण समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।