काठमाडौं- हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको ९एन-एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना भएको छ।
धावनमार्गबाट उड्नै लाग्दा टायरमा समस्या भएपछि विमान दुर्घटना भएको हो। पांग्रा पञ्चर भएर धस्सिँदा विमानको अगाडिको भागमा क्षति पुगेको छ।
दुर्घटनामा पाइलट वसन्त लामासहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ। चुनाव सुरक्षाका लागि खटिएका १३ जनपद प्रहरी पनि सो विमानमा थिए। घाइतेको सिमकोट विमानस्थलमा उपचार भइरहेको छ।
विमान सुर्खेतका लागि उड्ने तयारीमा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।