काठमाडौं- कलाकार आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘के गर्ने के गर्ने...’ बोलको नयाँ गीतमा पूजा र आकाशलाई प्रेमिल जोडीका रूपमा देखाइएको छ।
पर्दामा मात्र नभएर पर्दाबाहिर समेत प्रेममा रहेको चर्चा चलिरहँदा भिडियोमा देखिएको वैवाहिक सम्बन्धका दृष्यका विषयलाई लिएर सामाजिक सञ्जालदेखि युट्युबसम्म दर्शकले विभिन्न प्रतिकृया दिएका छन्।
सार्वजनिक गीतमा रमेश पाठकको शब्द तथा संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ।
‘के गर्ने, के गर्ने’ बोलको गीतमा आकाश र पूजाको परिवारमा बिवाहको कुरा चलेको र दुबैले आफ्नो माया प्रेमलाई सार्थक रुप दिन बिवाह गरेको देखाइएको छ।
गीतमा आकाश र पूजाले डान्सिङ मुडमा फिचरिङ गरेका छन्।
गीतमा रमेश पाठकको शब्द तथा संगीत र उदय राज पौडेलको ऐरञ्ज रहेको छ।
ज्ञानेन्द्र शर्माको छायाकंन रहेको गीतको भिडियोमा शिव विकको कोरियाग्राफी छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।