काठमाडौं– अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा फिल्म ‘साङ्लो’ बन्ने भएको छ। केही समयसम्म नेपाली फिल्म उद्योगमा एक्सन स्टारका रुपमा चिनिएका विराजले पहिलो पटक फिल्म निर्माण र निर्देशनमा हात हालेका हुन्।
करिब दुई दशक लामो फिल्म करिअरमा ७५ भन्दा बढी फिल्ममा अभिनय गरिसकेका विराज पुनः नेपाली दर्शकमाझ जाने तयारीमा जुटेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी उनले फिल्म ‘साङ्लो’को औपचारिक निर्माण घोषणा गरे।
फिल्ममा पूर्व मिस नेपाल (२०१७) निकिता चाण्डक मुख्य भूमिकामा देखिने भएकी छन्। फिल्मम निकितासँगै कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त, अमित गिरी लगायतका कलाकारको पनि अभिनय रहनेछ।
मानकृष्ण महर्जनको छायांकन रहने फिल्म बैसाख २४ गतेबाट छायांकनका लागि फ्लोरमा जाने निर्माण युनिटले जनकारी दिएको छ। करिब ५० दिनको कार्यतालिका अनुरुप काठमाडौं, सुदुरपश्चिम डोटीको जोराइल खप्तड लगायतका स्थानमा फिल्मको छायांकन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।