काठमाडौं- मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा गीतकार महेश आचार्यको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।
'आमा-आमा-आमा तिमी भगवान् मेरी हौ' बोलको गीतको संगीत एरेन्ज गीतकार आचार्य आफैले गरेका हुन्। अन्तराको स्वर र अभिनय रहेको भिडियोलाई एरिज टी मगरले निर्देशन गरेका हुन्। गीतमा सञ्जीव बराइलीले गिटारमा र गोपाल देवले बाँसुरीमा साथ दिएका छन्।
'आमाको महानता, संघर्ष र स्नेहलाई गीतमा प्रस्तुत गर्न खोजेको हुँ,' गीतकार आचार्यले भने, 'आमाहरु आफू रित्तिएर पनि सन्तानलाई माया दिन्छन्। तर, कतिपय सन्तानले उनको विशालतालाई बुझ्दैनन्। यो कुराले भित्रैदेखि पोलेपछि म आमामाथि गीत लेख्न बाध्य भएँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।