कपिलवस्तु- निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनपरिषद् प्रमुख शम्भु थारूसहित ९ जनालाई पक्राउ गरेको छ।
जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।
निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका अन्यको खोजी भइरहेको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।