रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी आइतबार मध्यरातिबाट सञ्चालनमा आएको छ।
पहिलो चरणमा आइतबार भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै ७२ घन्टाका लागि बन्द गरिएको नाका निर्वाचन सकिएसँगै खुला गरिएको हो।
नाका खुलेसँगै रसुवागढीबाट १९ वटा कन्टेनर सामान लिन केरुङतर्फ गएको र २७ वटा मालवाहक कन्टेनर केरुङबाट नेपाल प्रवेश गरेको प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताएका छन्। यस्तै, रसुवागढीमा ३ सयभन्दा बढी कन्टेनर केरुङ जाने तयारीमा रहेको समेत थापाले जानकारी दिए।
कुनै समूहले निर्वाचन गतिविधिमा अवरोध पुर्याई चीनतर्फ जान सक्ने अवस्थालाई ध्यान दिँदै नाका बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।