काठमाडौं– प्रहरीले राजधानीको ठमेलबाट २६ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त लैनचौरले २६ लाख १५ हजारसहित नुवाकोट पञ्चकन्या २ का शिव विष्ट र राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
पैसाको स्रोत नखुलेको र हुन्डी कारोबारी भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाइएको लैनचौर वृत्तका डिएसपी दीपक पोखरेलले बताए।
प्रारम्भिक अनुसन्धानमा उनीहरुले पछिल्लो समय चार करोड रुपैयाँ बराबरको हुन्डीको कारोबार गरेको खुलेको छ। पक्राउ परेकाहरुले भने बसपार्क भ्यूटावर निर्माणका लागि आफूहरुले उक्त पैसा बोकेको बताएका छन्। तर, स्रोत भने खुलाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।