काठमाडौं- कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको अभिनयमा नयाँ म्युजिक भिडियो ‘परानै दिन्छु...’ सार्वजनिक भएको छ।
मेलिना राई र हरि लम्सालको स्वर रहेको गीतको भिडियोमा दयाहाङ र लक्ष्मीको गहिरो प्रेमभाव प्रस्तुत गरिएको छ।
प्रह्लाद साहको शब्द तथा गायक लम्सालकै संगीत रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ र प्रकाश मिश्रको मास्टरिङ रहेको छ।
थिएटर र फिल्ममा व्यस्त रहँदै आएका दयाहाङ पछिल्लो समय म्युजिक मिडियोमा समेत देखिन थालेका छन्।
दयाहाङ अभिनित फिल्म ‘वीर विक्रम–२’ जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ भने अन्य २ फिल्म ‘दयारानी’ र ‘आप्पा’ प्रदर्शनको पाइपलाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।