काठमाडौं– शुक्रबारबाट नेपाली फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ।
अधिकांश हप्ता दुईदेखि चार वटासम्म फिल्म चल्दै आएका हलमा यस हप्ता भने 'दाल भात तरकारी' मात्रै रिलिज भएको छ।
यससँगै नेपाली फिल्म बजारमा उक्त फिल्मले व्यावसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ।
सुदन केसीले निर्देशन गरेको फिल्ममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, किरण केसी लगायतका कलाकारको प्रमुख भूमिका देख्न सकिन्छ।
विदेश जान 'मरिहत्ते' गर्ने परिवारको कथामा आधारित फिल्मलाई हास्य कलाकार हरिवंश आचार्यले लेखेका हुन्।
जायजेथा नै धितो राखेर विदेश पलायन हुने संस्कार नेता तथा दलालहरूमा देखिएको ब्यभिचारीपनलाई फिल्ममार्फत् व्यंग्य गरिएको कलाकार आचार्यले बताए।
फिल्मले क्यूएफएक्स अन्तर्गत राजधानीका पाँच स्टेशनमा २० 'सो' को मौका पाएको छ।
मह जोडीको ब्यानरमा निर्माण भएको फिल्मले सफलता प्राप्त गर्ने अधिकांश फिल्मकर्मीको बुझाइ छ।
फिल्मको अर्को हप्तासम्म हलमा आफ्नो सोलो उपस्थितिको रहनेछ।
यसकै कारण निर्माण युनिट फिल्मको सफलताप्रति ढुक्क देखिन्छ।
विश्वमा व्यावसायिक रुपमा नयाँ रकेर्ड राख्न सफल ‘एभेन्जर्सः इन्ड गेम’ले समेत नेपाली हलमा आफ्नो दबदबा कायमै राखेको छ।
यससँगै गत चैत्र २९ गतेबाट प्रर्दशनमा आएको 'ए मेरो हजुर ३' पनि केही हलमा प्रदर्शनरत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।